बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छिपागढ-२ का ३० वर्षीय राजेश सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा माघ १३ गते मुद्दा दर्ता भएको छ । पीडित महिलाले आरोपित विरुद्ध ०७३ माघ १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बलात्कार प्रयास मुद्दा दर्ता गराएकी छिन् । पीडित महिलाको माघ १३ गते नै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने सुफियान महमद खानलाई रुपन्देही प्रहरीले माघ ५ गते बगाहाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते भारतमा लगेर बेपत्ता बनाएको भनी बालिकाकी आमाले माघ २ गते जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई पुस २९ गते अमुवा-३ बाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अभिभावकको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
ससुराद्वारा चक्कु प्रहारबाट घाइते बुहारीको उपचार हुँदै
सालझण्डी गाविस-१ फुलवारीकी ३५ वर्षीय सीमा रोक्कालाई ५६ वर्षीय ससुरा विरबहादुर रोक्काले ०७३ पुस ९ गते साँझ चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर आएका विरबहादुरले बुहारीलाई पेटमा चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर विमल पराजुलीले बताए । घाइते सीमालाई पुस ९…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई विवाह गरी बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले तिलोत्तमा नपा-२२ का १८ वर्षीय अर्जुन थारुलाई पुस ६ गते तिलोत्तमा नपा-१० मङ्गलापुरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत मङ्सिर ३० गते भगाएर विवाह गरी बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावले पुस ५ गते प्रहरीमा उजुरी दिएका थिए ।…
बुटवलमा अन्दोलन, प्रहरी बिटमा आगजनी, प्रहरीको ढुङ्गा प्रहारबाट कारमा क्षति, एक घाइते
युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा युवा, विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनीसमेत गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले बुटवल असान्त बनेको छ । प्रदर्शनकारीले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका…
अज्ञात समूहको गोली प्रहारबाट युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्षको हत्या
युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फजाँदै गरेको अवस्थामा उनलाई देवदह-८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्तिले पछाडिबाट गोली प्रहार गर्दा गोली…
आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित
राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । प्रदर्शनकारीहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए । अनेरास्ववियु, नेविसङ्घ, अखण्ड प्रदेश नं…
सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरूले देशको राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए । नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान संशोधन प्रस्ताव पश्चात…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिर्द्धार्थ नपा-४ स्टार टोलका २३ वर्षीय आकाश धोवीलाई रूपन्देही प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…