बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा निवेदन दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई यमबहादुर बोहोराले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही पोखरभेण्डी-७ का १८ वर्षीय विपिन जयसवाललाई फागुन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २१ गते कब्जामा लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…
मधेश आयोग गठन सम्बन्धमा बनेको विधेयक माथि छलफल
व्यवस्थापिका संसद अन्तर्गत क्रियाशील सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा फागुन १८ गते रुपन्देहीको भैरहवामा मधेस आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल सम्पन्न भएको छ । मधेस आयोग गठन सम्बन्धमा बनेको विधेयकलाई पूर्ण बनाउनका लागि लक्षित वर्गका सुझाव आउने उद्देश्यले स्थानीयस्तरमा पनि विधेयकका विषयमा सुझाव सङ्कलनका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोनाहा-३ का १९ वर्षीय अनिल लोनियालाई फागुन १५ गते गोनाहाबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले विगत ११ महिनादेखि डर धम्की देखाउँदै पटकपटक बलात्कार गर्दे आएको र पछिल्लो पटक फागुन १४ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी…
बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार
बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त घटनाका आरोपित चितवन भण्डारा-१ घर भई हाल काठमाडौँ सुन्दरीजलका ३५ वर्षीया शान्ति परियारलाई गिरफ्तार गरेको छ । सिन्धुपाल्चोकका १७ र १८ वर्षीया दिदीबहिनी र चितवन १५ र १६ वर्षीया दुई…
आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल
राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको छ । अघिल्ला चारओटा कार्ययोजनाको तुलनामा पाँचौ कार्ययोजनाको कार्यक्षेत्र केही फराकिलो भएको राष्ट्रिय मानव अधिकार आयोगका नीति अनुसन्धान तथा योजना महाशाखाका प्रमुख डा. टीकाराम पोखरेलले बताए । मानव अधिकार उल्लङ्घनका…
प्रहरी चौकीमा आक्रमण गरी लुटिएको हतियार फेला
रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकीवडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । लुटिएको मध्ये एसएलआर मर्चवारको बगौली-६ मा बेवारिसे अवस्थामा खेतमा भेटिएको र टियर ग्याँस गन अझैसम्म फेला नपरेको र हराएको हतियारको खोजी कार्य भैरहेको डिएसपी पाण्डेले बताए ।…
बेचविखन घटनाका आरोपित गिरफ्तार
मोरङकी २७ वर्षीया, सुनसरीकी ३४ र २० वर्षीया, नवलपरासीकी ३१ वर्षीया, काठमाडौँकी ३० र ३५ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा फागुन ४ गते माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट उद्धार गरेको छ । घटनाका आरोपित मोरङ, डाँगीहाँट गाविस-५ की ३७…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले माघ २९ गते 'ए बोक्सी तैँले मेरो बुहारीलाई मर्नु न बाँच्नु गराइस' भन्दै कुटपिट गरेको…