कुटपिट गर्ने विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता, प्रहरी इन्स्पेक्टर विभागिय कारबाहीमा
१६ वर्षीय बालिकालाई दलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै बाबु, ठूलो बुवा, दाजुबाट निर्घात कुटाई खाएकी बालिकाले आफन्तलाई कारबाही नगर्न अधिकारकर्मी, पत्रकार र प्रहरीलाई अनुरोध गरेकी छन् । बालिकाले भनिन्-'मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाइ खाएपनि यसमा मेरो आफन्तको कुनै दोष छैन ।' उनले आफूले जन्माएको सन्तानलाई बाबुआमाले…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको गोरखपुर लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असार २९ गते ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा-५ की २५ वर्षीया निमु शेर्पालाई गिरफ्तार गर्नुका साथै पीडितको उद्धार गरेको छ । घटनास्थलबाट पीडित युवतीकी ३० वर्षीया सौतेनी दिदी फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-४ का २२ वर्षीय हरि घर्तीलाई असार २१ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार २१ बलात्कार गरेको आरोपमा पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित युवतीको…
मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमान लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले बेलहिया नाकाबाट उद्दार गरी एक जना आरोपितलाई असार २० गते साँझ गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा तनहुँ गजरकोटका ४१ वर्षीय राज भन्ने तीर्थराज सुनार रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा-३ का १९ वर्षीय अब्दुल्ला भन्ने सकिल मुसलमानविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असार १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए । घटनापछि…
रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान
कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । गैरेले लामो समयसम्म मतदानको अधिकार प्राप्त नहुँदा नागरिकहरू मतदानका लागि आतुर भएकाले उत्साहपूर्वक मतदानमा सहभागी भएको बताए । मतदाता…
स्वच्छ निर्वाचन पर्यवेक्षणका लागि तयारी बैठक सम्पन्न
स्वच्छ निर्वाचनका लागि विभिन्न पर्यवेक्षण गर्ने संस्थाका पर्यवेक्षकहरूसँग पर्यवेक्षण तयारी बैठक रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान र राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवलको सहकार्यमा स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्नका लागि पर्यवेक्षणमा एकरूपता ल्याउने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।…
नेकपा एमालेको बृहत सभामा 'होक्स बम' फेला पर्यो सेनाद्वारा निस्कृय
असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुटवलमा नेकपा एमालेको बृहत सभामा शङ्कास्पद विस्फोटक वस्तु फेला परेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले संबोधन गर्ने कार्यक्रमस्थलदेखि २० मिटर पर 'होक्स बम' फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…
रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् । असार ४ गते मनोनयन दर्ता गरेपछिबाट नेकपा एमालेका उम्मेदवारहरूको घरमा बम तथा विस्फोटक पदार्थ राखी आतङ्कतिक बनाउने जस्ता गतिविधिहरु बढ्न थालेको प्रहरीले जनाएको छ । असार १० गते राति १० बजे सिद्धार्थनगर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीय महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-६ मानमटेरियाका २७ वर्षीय प्रदिप लोधलाई असार ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा असार ५ गते उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई…