रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान

कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । गैरेले लामो समयसम्म मतदानको अधिकार प्राप्त नहुँदा नागरिकहरू मतदानका लागि आतुर भएकाले उत्साहपूर्वक मतदानमा सहभागी भएको बताए । मतदाता…

July 1, 2017  
स्वच्छ निर्वाचन पर्यवेक्षणका लागि तयारी बैठक सम्पन्न

स्वच्छ निर्वाचनका लागि विभिन्न पर्यवेक्षण गर्ने संस्थाका पर्यवेक्षकहरूसँग पर्यवेक्षण तयारी बैठक रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान र राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवलको सहकार्यमा स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्नका लागि पर्यवेक्षणमा एकरूपता ल्याउने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।…

June 27, 2017  
नेकपा एमालेको बृहत सभामा 'होक्स बम' फेला पर्‍यो सेनाद्वारा निस्कृय

असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सन्दर्भमा बुटवलमा नेकपा एमालेको बृहत सभामा शङ्कास्पद विस्फोटक वस्तु फेला परेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले संबोधन गर्ने कार्यक्रमस्थलदेखि २० मिटर पर 'होक्स बम' फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी…

June 25, 2017  
रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् । असार ४ गते मनोनयन दर्ता गरेपछिबाट नेकपा एमालेका उम्मेदवारहरूको घरमा बम तथा विस्फोटक पदार्थ राखी आतङ्कतिक बनाउने जस्ता गतिविधिहरु बढ्न थालेको प्रहरीले जनाएको छ । असार १० गते राति १० बजे सिद्धार्थनगर…

June 25, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीय महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-६ मानमटेरियाका २७ वर्षीय प्रदिप लोधलाई असार ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा असार ५ गते उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई…

June 20, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-५ का २८ वर्षीय सुर्यबहादुर भण्डारीलाई असार ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा असार ४ गते उजुरी दिएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई…

June 19, 2017  
अधिकारकर्मीबिच समन्वय र सहकार्य प्रभावकारितामा जोड

पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोगले नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिचको समन्वय र सहकार्यमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय काठमाडौँले बुटवलमा असार ३ गते आयोजना गरेको राष्ट्रिय मानव अधिकार आयोग, आम सञ्चार र नागरिक समाजबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा…

June 17, 2017  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकारको रक्षा गर्नका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक रूपन्देहीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागी सरोकारवालहरूले यस्तो कुरामा जोड दिएका हुन् । इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले जिल्लामा ६ महिनामा…

June 14, 2017  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले रूपन्देहीका राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूबीचमा अन्तरक्रिया गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ २८ गते भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सो अभियानका अगुवा एवम् इन्सेकका…

June 12, 2017  
बलात्कारका आरोपित गिरफ्तार

२८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-२ का ४५ वर्षीय दशरथ थारूलाई जेठ २३ गते भुजौलीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २३ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीको आधारमा अनुसन्धानका लागि…

June 7, 2017