मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताउनु भयो । निर्वाचन अधिकृत पौडेलले एक सिल चुडिदैँमा मत पत्रमा कुनै खालको असर नगर्ने भएकाले…
तिलोत्तमा नगरपालिकाको मतगणनामा विवाद हुँदा मत गणना स्थगित
तिलोत्तमा नगरपालिका–१६ को मतगणनाका क्रममा गणक र नेपाली कांग्रेसका प्रतिनिधिहरूबिच विवाद भए पछि जेठ ३ गते मतगणना स्थगित भएको छ । गणना भइसकेको मतको संख्या १५९ हुनु पर्नेमा १९५ भएको भन्दै गणकहरूले नेकपा एमालेको समर्थन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । मत गणना स्थल बाहिर नारा जुलुस र ढुङ्गा…
बुटवलमा प्रेसर कुकर बम विष्फोट
बुटवल उप–महानपा–९ मिलनचोकस्थित आकाशे पुल नजिक सनराइज बैंकको अगाडि वैशाख २८ गते कुकर बम विस्फोट भएको छ । घटना स्थलमा निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रिय प्रचार प्रसार लेखेको पर्चाहरू भेट्टिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसी ठगबहादुर केसीले बताउनु भयो । पोष्टरमा वैशाख २९ र ३०…
नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्ता माथि कुटपिट
तिलोत्तमा नगरपालिका–१६ बिहुलीका नेकपा एमालेका कार्यकर्ताहरू २८ वर्षीय सन्जीव भण्डारी र २६ वर्षीय सागर रेग्मीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरूले वैशाख २६ गते कुटपिट गरेको छ । तिलोत्तमा नपा–१६ का २६ वर्षीय सन्जीव भुसाल, २९ वर्षीय प्रविन खड्का, ३५ वर्षीय इश्वर केसी, ३५ वर्षीय लक्ष्मण राना र ३२ वर्षीय मोहन चौधरी लगायत…
नेकपा एमालेका उम्मेदवार सवार गाडीमा ढुङ्गा प्रहार
नेकपा एमालेबाट बुटवल उप–महानगरपालिका–१२ का वडा अध्यक्षका उम्मेदवार देवीप्रसाद रेग्मी चढेको गाडीमा गठबन्धनका कर्यकर्ताहरूले वैशाख २६ गते साँझ ढुङ्गा प्रहार गरेको नेकपा एमालेले आरोप लगाएको छ । बा २० च ६७८५ नम्बरको हाइलक्स गाडीमा चुनाव प्रचार–प्रसारमा चार जना सवार रहेको अवस्थामा ढुङ्गा प्रहार गरिएको रेग्मीले बताउनु भयो । ढुङ्गा प्रहारबाट…
मर्चवारी गाउँपालिकामा दलित महिला उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित
मर्चवारी गाउँपालिका–३ का नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी दलित महिला उम्मेदवार कुसुमी पासीनको वैशाख १७ गते मृत्यु भएको छ । मृत्य पछि निर्वाचन कार्यालयले निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको छ । निर्वाचन कार्यालयले सूचना जारी गरेर निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत सरोज कुमार पोखरेलले बताउनु भयो…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ घरभई बुटवल उप–महानगरपालिका–४ बस्ने ३५ वर्षीय जफर अलीलाई वैशाख १६ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ९ गते अफिसको कामका लागि लुम्बिनी गएको बेला बलात्कार प्रयास गरेको भन्दै पीडितले वैशाख १६ गते इलाका प्रहरी कार्यालय,…
नेकपा एमालेको प्रचार प्रसार र सवारी साधनमा तोडफोड गरेको आरोप
देवदह नगरपालिका–१० चरङ्खेमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारी साधनमाथि गठबन्धनका कार्यकर्ताद्वारा वैशाख १७ गते राती तोडफोड भएको नेकपा एमालेले आरोप लगाएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचार सामग्रीमा धारिलो हतियार प्रहार…
मनोनयन दर्ताका क्रममा पञ्चकन्याकोरुपमा बालिकाको प्रयोग
तिलोत्तमा नगरपालिकामा नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ता गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित पञ्चकन्याकोरुपमा बालिकाहरुको प्रयोग गरेको छ । मनोनयन गर्न निस्केको र्यालीमा गुन्यु चोलोमा सजिएका बालिकाहरुले हातमा कलश बाेकेर नारा लगाउदै आएका थिए । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनय दर्ताका लागि दलहलाई आब्हान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ सित्तल छायाँका १७ वर्षीय बालकलाई वैशाख ९ गते गैडहवाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस २४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भयो । घटनाबारे ढिलो जानकारी…