मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र खेलेको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था स्थापित भएको बताए । निर्देशक गौतमले समयानुसार दास्तावेजीकरणलाई डिजिटलाइज्ड गर्नुपर्नेमा जोड दिए ।…

२०७३ आश्विन ११, मंगलवार ००:५० गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले भदौ २८ गते दाङबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २६ गते आरोपितले बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।…

२०७३ भाद्र २९, बुधबार ०६:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा गाविसबाट भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई सोही दिन गरेको खबरका आधारमा आरोपितलाई गिरफ्तार गरिएको खबर गरेको थियो…

२०७३ भाद्र २२, बुधबार ०९:२८ गते  
पुनरावेदन अदालतद्वारा ध्वनि प्रदुषण नियन्त्रण गर्न निर्देशनात्मक आदेश

पुनरावेदन अदालत नेपालगञ्जले ध्वनी प्रदूषणसम्बन्धी निषेधाज्ञा परमादेश मुद्दामा ध्वनि प्रदूषणको नियन्त्रणको कार्यलाई परिणमामूखि र प्रभावकारी बनाउन विपक्षीहरू नेपालगञ्ज नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयका नाममा भदौ १६ गते निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका प्रतिनिधि विनोद पाण्डेद्वारा संयुक्त…

२०७३ भाद्र १६, बिहीबार १६:१३ गते  
प्रहरीको लाठीजार्चबाट चारजना प्रदर्शनकारी घाइते

'म राष्ट्रभक्त हुँ' भन्ने एक समूहले भदौ १६ गते नेपालगञ्जको वीरेन्द्र चोकमा प्रहरीलाई झुक्याएर स्वर्गीय वीरेन्द्र विरविक्रम शाहदेवको शालिक राखेपछि प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा प्रहरीले चलाएको लाठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का २९ वर्षीय चन्द्र हमालको टाउकोमा चोट लागेको छ ।…

२०७३ भाद्र १६, बिहीबार १६:१२ गते  
औषधि अभाव सम्बन्धमा जनस्वास्थ्य कार्यालयद्वारा आयोगमा जवाफ पेश

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका केही स्वास्थ्य संस्थामा औषधिको अभाव भएपनि स्वास्थ्य सेवा नै प्रभावित हुने गरी औषधि अभाव नभएको लिखित जवाफ भदौ १४ गते पठाएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय…

२०७३ भाद्र १५, बुधबार १४:४० गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा कम्दी गाविस-९ का २६ वर्षीय कुशल राना र १९ वर्षीय मनिराम कुमाईलाई भदौ १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई कोहलपुर नपा-७ स्थित जङ्गलमा भदौ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा…

२०७३ भाद्र १५, बुधबार १४:३९ गते  
आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग र न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेको आयोजना तथा इन्सेक, आइसीजे, एडभोकेसी फोरम, हरप्लेस, मानव अधिकार एलाइन्स लगायतका संस्थाको…

२०७३ भाद्र १३, सोमबार १५:४४ गते  
औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ । आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुखलाई औषधि अभावका सम्बन्धमा लिखित जवाफ पेश गर्न अनुरोध गरेका थिए । औषधि अभावका कारण सेवाग्राहीले गुणस्तरीय…

२०७३ भाद्र १३, सोमबार १५:४२ गते  
कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार

नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीकाअनुसार घटनापछि फरार रहेका अरोपितलाई भदौ ९ गते राति कैलालीको अतरियाबाट गिरफ्तार गरिएको हो । इन्पेक्टर अवस्थीका…

२०७३ भाद्र १०, शुक्रबार १०:३६ गते