बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते बलात्कार प्रयास गरेको भन्दै उजुरी दिए पछि आरोपितलाई गिरफ्तार गरिएको हो । भारतीय नागरिकसँग विवाह गरेकी महिलाले आफ्नो नागरिकता प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालयमा…
जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गर्छौः मन्त्री रावल
जनाताले सुविधा पाउने गरी संयन्त्र निर्माण गरिने कुरामा प्रदेश नं ६ का सामाजिक विकास मन्त्री दल रावलले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा फागुन १७ गते सङ्घीयतामा स्वास्थ्यका प्राथमिकता तथा प्रारुप विषयक छलफल कार्यक्रममा सामाजिक विकास मन्त्री रावलले उक्त कुरामा जोड दिएका हुन् । मन्त्री…
नेपालगञ्जमा मानव अधिकार रक्षकका चुनौती विषयक छलफल
मानव अधिकार रक्षकका चुनौती विषयक छलफल कार्यक्रम फागुन १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार आयोग, युरोपियन युनियन कार्य समूह, कोक्याप, निलहिरा समाज, फ्रेन्च राजदुतावासलगायतको टोलीले मानव अधिकार रक्षकसँग छलफल गरेको हो । छलफलका क्रममा अधिकार, कर्तव्य र प्रक्रियाका विषयमा मानव अधिकार रक्षकहरूको समान बुझाइ हुनुपर्ने राष्ट्रिय…
होलियाका २५ प्रतिशत बालबालिकामा कुपोषण समस्या
बाँके जिल्लाको होलियाका बालबालिकामा २५ प्रतिशत कुपोषणको समस्या देखिएको छ । राप्ती नदीको कटान, पटान र डुबानको उच्च जोखिममा रहेको होलियामा जिल्ला जनस्वास्थ्य कार्यालयले ६ महिना देखि पाँच वर्षसम्मका करिब ७ सय बालबालिकाको तौल र उचाई नाप्दा २५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको जनाएको छ । ती मध्ये १० प्रतिशत बालबालिकामा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १७ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १ गते घरमा कोही नभएको अवस्थामा छिमेकी बालिकालाई बलात्कार गरेको भन्दै फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…
प्रहरीले यातना दिएको भन्दै आयोगमा उजुरी
नेपालगञ्ज उमनपा-२१ का धनेन्द्रराज सोनीलाई प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ३ गते राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा उजुरी दिएका छन् । पीडित पक्षले आयोग समक्ष घटनाको छानबिन गरी संलग्न प्रहरीलाई कारवाहीको माग गरेका छन् । नेपालगञ्ज उमनपा-२२ पुरैनी बाबाकुटीको नजिकबाट सादा पोशाकमा आएका प्रहरीले माघ १९ गते गिरफ्तार…
कम्लहरी बालिकाको उद्धार
बैजनाथ गाउँपालिका-४, बानियाभारमा दुई कम्लहरी बालिकाको उद्धार गरिएको छ । पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको पुस १७ गते उद्धार गरिएको हो । जिल्ला बाल कल्याण समितिको नेतृत्वमा केन्द्रीय बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, सिविन, मुक्त…
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङकलित घटनाको सम्पादन भेला सुरू
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको वार्षिक सम्पादन भेला पुस १७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ५ र ६ का १६ जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको हो । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया र २४ वर्षीया दुई जना युवतीलाई पुस १६ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र ३१ वर्षीय मनोज गिरीलाई पुस १६ गते गिरफ्तार गरेको छ । नेपालगञ्जको सुर्खेतरोडस्थित होटल सिग्नेटमाबाट पीडितले फोन गरेर घटनाका बारेमा जानकारी गराएपछि गिरफ्तार गरी अनुंसन्धान अघि बढाएको…
सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको अयोजनामा पुस १६ गते सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेलले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार मौलिक हक अन्तर्गत पर्ने भएकाले स्थानीय तहका प्रमुखहरूले योजना बनाउँदा प्राथमिकता दिनु पर्ने बताए । इन्सेक नेपालगञ्जका…