निजी विद्यालय नियमन गर्ने निकाय मौन भएको गुनासो
निजी विद्यालयलाई नियमन गर्ने निकाय मौन भएको एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् । इन्सेक, उच्च अदालत बार एशोसिएसनलगायत सङ्घ संस्थाहरूको संयुक्त अयोजनामा वैशाख १४ गते नेपालगञ्जमा आयोजित शिक्षाको अधिकार र जबाफदेहीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले निजी विद्यालयलाई नियमन गर्ने निकाय शिक्षा कार्यालय नै मौन भएको र स्थानीय…
अदालतले आदेश दिएको एक वर्षपछि नागरिकता !
नेपालगञ्ज उमनपा-८ की दिपिका सोनीले अदालतले आदेश दिएको एक वर्षपछि वैशाख ४ गते आमाको नामबाट नागरिकता प्रमाण पत्र प्राप्त गरेकी छन् । सोनीले ०७३ असार ७ गते नगरपालिकाको सिफारिस सहित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । बुवाको मृत्यु भइसकेकाले आमाको नामबाट नागरिकता लिन…
यातना दिएको घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी
बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला प्रहरी कार्यालयभित्र यातना दिएको आरोपमा पीडितले चैत २३ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका छन् । मोवाईल चोरेको आरोपमा धम्बोझीका स्थानीय युवाहरूले चैत २१ गते कुटपिट…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले १२ वर्षीय र नौ वर्षीय बालकलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले चैत १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते नै प्रहरीमा उजुरी दिएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी…
पत्नीलाई गोली प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार
डुडुवा गाँउपालिका-३ बनकट्टीकी ३० वर्षीया शान्तीदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सञ्जयकुमार बर्मालाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडित चैत १५ गते घरैमा सुतेको अवस्थामा अनुमति-पत्र प्राप्त बारबोरले कोखामा दुई राउण्ड गोली प्रहार गरेको प्रहरी चौकी बनकट्टीका असई तिलकबहादुर शाहीले बताए ।…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फकाई-फुलाई दुई जना भारतीय नागरिकसँग मिलेर कोहलपुर नपाकी २८ वर्षीया शीतली नेपालीले बेचबिखनको तयारी गरेको प्रहरीको आरोप छ । भारत पिलिभितका ३२…
६ वर्षीया बालिकलाई पानी तान्ने मोटर बिगारेको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार
कोहलपुर नपा-४ की ६ वर्षीया सरिता बुढालाई पानी तान्ने मोटर बिगारेको आरोपमा चैत १२ गते सोही ठाँउकी ५० वर्षीया गीता परियारले गोबर कोचाएको पीडित पक्षले आरोप लगाएको छ । घटनाका आरोपित गीतालाई प्रहरीले चैत १३ गिरफ्तार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले आरोपितलाई गिरफ्तार गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा-१२ का ३० वर्षीय थमबहादुर बुढाथोकीलाई चैत १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पीडितलाई आरोपितले चैत १० गते बलात्कार गरेको आरोपमा प्रहरीमा चैत १२ गते उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भेरी…
न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल बार एशोसियसनको १४ औँ सम्मेलनको उद्घाटनका क्रममा भण्डारीले उक्त कुराका जोड दिएकी हुन् । उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै आएको भन्दै…
जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई
जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा चैत ८ गते जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार विषयक एक दिने कार्यशालामा संविधानविद् भट्टराईले उक्त कुरामा जोड दिएका हुन् । उनले हरेक कामको…