जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । इन्सेकको कार्यक्रम सञ्चालित बैजनाथ र जानकी गाँउपालिका उपप्रमुख, वडाध्यक्ष, सदस्य र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई अभिमुखीकरयण गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले…
इजलास कक्षको अभावमा न्याय सम्पादनमा कठिनाई भएको न्यायिक समितिको गुनासो
स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजालस कक्ष अभावमा न्याय सम्पादनमा कठिनाई हुने गरेको बाँकेका न्यायिक समितिले गुनासो गरेका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै कोठा नहुँदा न्याय सम्पादनमा कठिनाई भएको गुनासो आएको हो । नेपालगञ्ज उपमहानगरपालिकामा इजलास कक्षको व्यवस्था रहेको…
अज्ञात पक्षले आमाछोरीको अपहरण, ३२ लाख रुपियाँको माग
राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यशोदाका ३५ वर्षीय पति लोकेन्द्र डाँगीलाई खोज्दै आएका 'अपहरणकारी'ले लोकेन्द्रलाई नभेटेपछि उनको पत्नी र छोरीलाई अपहरण गरेको इलाका प्रहरी कार्यालय…
इन्सेकको निरन्तर पहलमा द्वन्द्व पीडितले राहत रकम पाए
सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन १० गते मृतककी पत्नी सीता बिकले १० लाख रुपियाँ राहत पाएकी छन् । स्थानीय शान्ति समिति बाँकेले ०६८ जेठ ४ गते उमलाल कामीको घटना सम्बन्धमा पुष्टि भई निजका…
सबैको पहुँचमा न्याय पुर्याउनुपर्ने सरोकारवालाको जोड
आम नागरिकको पहुँचमा न्याय पुर्याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो भन्ने विषयमा बुझाउन जरूरी रहेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जकी न्यायाधीश सारङ्गा सुवेदीले जोड दिइन् । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत बार एशोसिएशन नेपालगञ्ज…
जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की
नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू, वडा नं ३ र ४ का वडा अध्यक्षहरू क्रमश गङ्गाराम थारू र कान्छा थारू, कार्यपालिका सदस्य दमकला जैसीलगायतको समूहले गालीगलौज र दुर्व्यवहार गर्नुको साथै…
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सक संवेदनशील हुनुपर्नेमा जोड
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असार २७ गते नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता रुकमेडा पोख्रेलले बलात्कार तथा अन्य घटनाका पीडितको न्यायका लागि स्वास्थ्य…
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या
कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परिवारीक कलहका कारण हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर निरन्जन घिमिरेले बताए । इन्स्पेक्टर घिमिरेका अनुसार घटनास्थलबाट चक्कु र हथौडा…
बाढी पीडितहरूलाई उचित व्यवस्थापन गर्न परमादेश जारी
उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्याएको क्षतिपूर्तिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै ०७४ भदौ १९ गते उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचाराधीन रहेकोमा उच्च…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा काभ्रे जिल्ला घर भई राप्ती सोनारी गाउँपालिका–८ बस्दै आएका ३४ वर्षीय नबिनकुमार श्रेष्ठ र बाग्लुङ ढोरपाटनका ३७ वर्षीया जुनु बिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको…