अज्ञात पक्षले आमाछोरीको अपहरण, ३२ लाख रुपियाँको माग

राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ  । यशोदाका ३५ वर्षीय पति लोकेन्द्र डाँगीलाई खोज्दै आएका 'अपहरणकारी'ले लोकेन्द्रलाई नभेटेपछि उनको पत्नी र छोरीलाई अपहरण गरेको इलाका प्रहरी कार्यालय…

२०७५ श्रावण १७, बिहीबार १४:५८ गते  
इन्सेकको निरन्तर पहलमा द्वन्द्व पीडितले राहत रकम पाए

सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट हत्या गरिएका राप्तीसोनारी गाउँपालिका-५ साविकको विनौना गाविस-९ आलीनगरका ४० वर्षीय उमलाल कामीको परिवारले इन्सेकको निरन्तर पहलपछि साउन १० गते मृतककी पत्नी सीता बिकले १० लाख रुपियाँ राहत पाएकी छन् । स्थानीय शान्ति समिति बाँकेले ०६८ जेठ ४ गते उमलाल कामीको घटना सम्बन्धमा पुष्टि भई निजका…

२०७५ श्रावण १०, बिहीबार १६:४४ गते  
सबैको पहुँचमा न्याय पुर्‍याउनुपर्ने सरोकारवालाको जोड

आम नागरिकको पहुँचमा न्याय पुर्‍याउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । आम जनमानसमा न्याय आधारभूत आवश्यकता हो भन्ने विषयमा बुझाउन जरूरी रहेको उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जकी न्यायाधीश सारङ्गा सुवेदीले जोड दिइन् । अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, उच्च अदालत बार एशोसिएशन नेपालगञ्ज…

२०७५ श्रावण १, मंगलवार १६:२५ गते  
जनप्रतिधिहरूद्वारा पत्रकारलाई दुर्व्यवहार धम्की

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका साधारण सदस्य तथा राप्ती सोनारी साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक ३१ वर्षीय हेमन्त चौधरीलाई असार ३० गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू, वडा नं ३ र ४ का वडा अध्यक्षहरू क्रमश गङ्गाराम थारू र कान्छा थारू, कार्यपालिका सदस्य दमकला जैसीलगायतको समूहले गालीगलौज र दुर्व्यवहार गर्नुको साथै…

२०७५ असार ३२, सोमबार ०९:४३ गते  
स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सक संवेदनशील हुनुपर्नेमा जोड

स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असार २७ गते नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता रुकमेडा पोख्रेलले बलात्कार तथा अन्य घटनाका पीडितको न्यायका लागि स्वास्थ्य…

२०७५ असार २८, बिहीबार ०१:३२ गते  
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

कोहलपुर नपा-५ की ४५ वर्षीया दुर्गा बैदवारलाई असार २० गते ४८ वर्षीय पति एकराज बैदवारले धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परिवारीक कलहका कारण हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर निरन्जन घिमिरेले बताए । इन्स्पेक्टर घिमिरेका अनुसार घटनास्थलबाट चक्कु र हथौडा…

२०७५ असार २१, बिहीबार १५:४५ गते  
बाढी पीडितहरूलाई उचित व्यवस्थापन गर्न परमादेश जारी

उच्च अदालत नेपालगञ्जले बाँके र बर्दियाका बाढी पीडितलाई उचित व्यवस्थापन गर्न परमादेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्‍याएको क्षतिपूर्तिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै ०७४ भदौ १९ गते उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचाराधीन रहेकोमा उच्च…

२०७५ असार २१, बिहीबार ०१:५९ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२, २३ र २४ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले असार २० गते दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा काभ्रे जिल्ला घर भई राप्ती सोनारी गाउँपालिका–८ बस्दै आएका ३४ वर्षीय नबिनकुमार श्रेष्ठ र बाग्लुङ ढोरपाटनका ३७ वर्षीया जुनु बिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको…

२०७५ असार २१, बिहीबार ०१:५६ गते  
जबाफदेहीतासहितको जिम्मेवारी पुरा गरे मात्र मानव अधिकारको सम्बर्द्धन हुन्छः प्रजिअ केसी

जबाफदेहीतासहितको जिम्मेवारी पुरा गरे मात्र मानव अधिकारको सम्बर्द्धन हुनेमा प्रमुख जिल्ला अधिकारी रमेश केसीले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालयद्वारा असार १५ गते नेपालगञ्जमा आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ केसीले उक्त कुरामा जोड दिएका हुन् । प्रजिअ केसीले इन्सेकको अभिलेख अनुसार मानव अधिकारको अवस्था सुधारोन्मुख भएको…

२०७५ असार १६, शनिबार ०९:१३ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि बाँके जिल्लामा सङ्कलन गरिएका घटनाका सम्बन्धमा इन्सेक नेपालगञ्जले सरोकारवाला निकाय समक्ष प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद आर्यालले घटनामा पछिल्लो अवस्थाको अनुगमन गरी विस्तृत रूपले उल्लेख गर्नुपर्ने बताउँदै छुटेका घटना प्रहरीसँग…

२०७५ असार ८, शुक्रबार १५:०६ गते