क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाँके र बर्दिया जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका…
महिला हिंसा न्यूनिकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य
महिला हिंसा न्यूनीकरणका लागि यौन र नैतिक शिक्षा अपरिहार्य भएको कुरामा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज र नेपाल पत्रकार महासङ्घ बाँके शाखाको संयुक्त आयोजनामा असोज १४ गते नेपालगञ्जमा आयोजित ‘महिला हिंसाविरूद्ध हाम्रो भूमिका’ विषयक मिडिया साझेदारी बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् । इन्सेक प्रदेश…
बलात्कार घटनाका अरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अछाम जिल्ला तुर्माखाँद गाँउपालिका–४ घरभई नेपालगञ्ज बस्दै आएका १८ वर्षीय सुरेन्द्र जोशीलाई असोज ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित…
पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु
जानकी गाँउपालिका–६ गनापुरकी २४ वर्षीया जानकी गिरीलाई ३२ वर्षीय पति प्रेम गिरीले कुटपिट गरी घाइते बनाएको र पीडित महिलाको उपचारका क्रममा असोज १० गते मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित महिलालाई जानकी गाँउपालिका–६ स्थित ससुरालीमा बस्दै आएका आरोपितले असोज ८ गते राति घरयासी विवादमा कुटोले प्रहार गर्दा घाइते भएकी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाँउपालिका-५ का ३४ वर्षीय साकिर अलि दर्जीलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ७ गते बर्दियाबाट उढरापुर पुर्याइदिने भन्दै साइकलमा बसाएर ल्याएको र भनेको ठाँउमा नपुर्याई मानखोला छेउको जङ्गलमा लागि यौन दुर्व्यवहार गर्दा…
स्थानीय तहले नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा जोड
स्थानीय तहले आफ्ना नागरिकहरूलाई उत्पादनमुखी बनाउनु पर्नेमा इन्सेक केन्द्रीय कार्यालयका अर्थ तथा प्रशासन प्रमुख प्रेम पराजुलीले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाको अनुगमनका क्रममा भदौ २६ गते पराजुलीले उक्त कुरामा जोड दिएका हुन् । पराजुलीले स्थानीय तहमा भएका साधन स्रोतको प्रयोग गरी नागरिकलाई उत्पादनमूखी बनाउन सीप र ज्ञान…
बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहको प्रतिबद्धता
बेपत्ता परिवार लक्षित कार्यक्रम ल्याउने स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम, द्वन्द्वपीडित साझा चौतारीलगायतको संयुक्त आयोजनामा नेपालगञ्जमा आयोजित “पीडितको अवस्था र न्याय प्राप्तिमा चुनौतिहरू” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरामा प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रदेश…
बालिका बलात्कारका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले भारत रायबरेलीघर भई कोहलपुर नपा-३ बस्ने १९ वर्षीय हारून खानलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको परिवारले बालिकाको गुप्ताङ्गबाट रगत आएको देखेपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित बालिकालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको…
क्याम्पस सञ्चालकले विद्यार्थी नेतालाई कुटपिट गरेको आरोप
नेपालगञ्ज हेल्थ क्याम्पसमा लागेको तालाको विषयमा छलफल गर्न बोलाएर क्याम्पस सञ्चालक मैकुलाल बालमिकीले भदौ ४ गते महेन्द्र बहुमूखी क्याम्पस नेविसङ्घका कार्यवहाक अध्यक्ष २८ वर्षीय चन्द्रप्रकाश देवकोटा र सिटीइभिटी केन्द्रीय समन्वयका उपाध्यक्ष २० वर्षीय सुरज थापालाई कुटपिट गरेको पीडितद्वयले आरोप लगाएका छन् । विद्यार्थीहरूले परीक्षा दिन नपाएको विरोधमा नेपाली काङ्ग्रेसको भातृ…
जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । इन्सेकको कार्यक्रम सञ्चालित बैजनाथ र जानकी गाँउपालिका उपप्रमुख, वडाध्यक्ष, सदस्य र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई अभिमुखीकरयण गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले…