डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न उच्च अदालतद्वारा अन्तरिम आदेश

बाँके र बर्दियामा देखा परेको डेंगु र स्क्रब टाइफस रोगलाई नियन्त्रण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई उच्च अदातल नेपालगञ्जले कात्तिक २५ गते अन्तरिम आदेश दिएको छ । उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)का न्यायाधीशद्वय डाक्टर कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको इजलासले उक्त आदेश दिएको हो । डेंगु र स्क्रब टाइफस फैलिन सक्ने…

November 11, 2016  
सिकलसेल एनिमिया जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा

पश्चिम नेपालको थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । नेपालगञ्जमा रहेको २९ लाख रुपियाँको मेशिन प्रयोग नभएपछि सिकलसेल एनिमिया जाँच्न आउने बिरामीहरू रोग छ छैन भन्ने एकीन गर्न महङ्गो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामीहरू बताउँछन् । नेपाल सरकारले सिकलसेललाई…

November 9, 2016  
भजन मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न सार्वजनिक अनुरोध

भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक अनुरोध गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा कात्तिक २३ गते आयोजित मानव अधिकार सञ्जाल नेपालगञ्जको बैठकमा भजन मानव अधिकार…

November 8, 2016  
उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत  नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । महादेवपुरी गाविसकी १५ वर्षीया बालिकाले आफूसँग एक युवकले प्रेम सम्बन्धमा फसाएर यौन शोषण गरी समाजमा बस्न नसक्ने अवस्थामा पुर्‍याएको र उसकै कारणले आत्महत्या…

October 21, 2016  
सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता

नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक १ गते घाँटी कसेर हत्या गरी छोरासहित फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आरोपित छोरासहित घर ज्वाँईका…

October 19, 2016  
लोपोन्मूख जातिमा सूचीकृत नगरेकोमा मगन्ता समुदायको गुनासो

बाँकेको हिरिमिनिया गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित सूचीकृत गर्ने विशेष कार्यदलले ०५८ सालमा मगन्ता/महाउत समुदायलाई लोपोन्मुख जातिमा समावेश गर्नका लागि सबै विवरण अभिलेखीकरण गरेपनि लोपोन्मूख जातिमा सूचीकृत नगरेको महाउत समुदायका…

October 9, 2016  
प्रहरीद्वारा दुई जना बालिका सहित चार जनाको उद्धार

इलाका प्रहरी कार्यालय जमुनाहाले असोज १२ गते भारत र भारत हुँदै खाडी मुलुक जाँदै गरेका दुई जना बालिकासहित चार जनाको उद्धार गरेको जनाएको छ । दाङकी १४ वर्षीया दुई जना बालिका र जाजरकोटकी २३ वर्षीया र झापाकी २२ वर्षीया महिलालाई प्रहरीले उद्धार गरी केआई नेपालको सेल्टरमा पठाइएको इलाका प्रहरी कार्यालयका…

September 29, 2016  
मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र खेलेको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था स्थापित भएको बताए । निर्देशक गौतमले समयानुसार दास्तावेजीकरणलाई डिजिटलाइज्ड गर्नुपर्नेमा जोड दिए ।…

September 27, 2016  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले भदौ २८ गते दाङबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २६ गते आरोपितले बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।…

September 14, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला लमही नपा-७ का २६ वर्षीय गोविन्द चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले खासकुश्मा गाविसबाट भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई सोही दिन गरेको खबरका आधारमा आरोपितलाई गिरफ्तार गरिएको खबर गरेको थियो…

September 7, 2016