अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार गरेको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयको वैशाख ९ गतेको निर्णय अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत फडेरालाई घर पठाई सकुशल…

२०७६ बैशाख १०, मंगलवार १६:३४ गते  
प्रहरीद्वारा मानव अधिकार आयोगका कर्मचारीलाई धम्की, अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार अयोग नेपालगञ्जको संरक्षणमा बसेका व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीले राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति वैशाख ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नपा घरभई बाँके जिल्ला  कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५…

२०७६ बैशाख ९, सोमबार १३:५५ गते  
सेवा चुस्त बनाउन अधिकारकर्मीद्वारा आग्रह

भूमि सुधार तथा मालपोत कार्यालयमा कर्मचारी अभाव र अनलाइन सेवा सुस्त हुँदा सेवाग्राहीहरु मर्कामा परेको भन्दै सेवा चुस्त बनाउन अधिकारकर्मीले आग्रह गरेका छन् । सहज र प्रभावकारी सेवा प्रवाहका लागि अनलाइन सेवा सुरू गरेपनि काम हुन सकेको छैन । भूमिसुधार र मालपोत कार्यालय एउटैमा गाभिएपछि एउटै कार्यालय बनेको भूमि तथा…

२०७६ बैशाख ५, बिहीबार ०४:१६ गते  
पत्नी हत्या घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नेपालगन्ज उपमनपा–१० भृकुटीनगरकी १९ वर्षीया स्वस्तिका लिम्बुको हत्या २० वर्षीय पति आशिष भनिने मुकेश बुढा क्षेत्रीले गरेको आरोपमा माइतीपक्षले वैशाख २ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले वैशाख १ गते नै हत्या गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । आरोपितलाई कारवाहीको माग गर्दै वैशाख ३…

२०७६ बैशाख ४, बुधबार ११:१६ गते  
धारिलो वस्तु प्रहार गरी पत्नीको हत्या

डुडुवा गाउँपालिका– ६ पट्वारीपुर्वाकी ३५ वर्षीया राधा मुराउको चैत १९ गते पति ५० वर्षीय बुद्धिराम मुराउले धारिलो वस्तु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले महिलाको घाँटीको केही भाग काटिएको अवस्थामा शव फेला परेको बताए । एसपी पौडेलले आरोपित भारततिर भागेको सूचना आएको…

२०७५ चैत्र २०, बुधबार १७:०३ गते  
पत्रकार कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ पाल्पा शाखा  अध्यक्ष राजेश अर्याल र रेडियो मदनपोखरामा कार्यरत पत्रकार बिजय कुमार बौडेल माथी धम्की र कुटपिट गरिएको घटनाप्रति चैत १८ गते विज्ञप्ति प्रकाशन गर्दै मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण जनाएका छन् । समाचार प्रकाशन/प्रशारण गरेकै आधारमा पत्रकारमाथि भएको उक्त घटना, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता माथिको आक्रमण भएकाले घटनामा…

२०७५ चैत्र १८, सोमबार २०:२२ गते  
समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की, धम्की दिनेले माफी मागे

नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि कठ्लिन कृष्ण किरण नामका फेसबुक प्रयोगकर्ताले समाजिक सञ्जालमार्फत पत्रकारलाई धम्की दिएका छन् । समाचार लेखेको विषयमा समाजिक सञ्जालबाट पत्रकारको औँला काट्ने धम्की दिने कठ्लिन कृष्ण किरण भन्ने किरण खत्रीले…

२०७५ चैत्र ४, सोमबार १९:०६ गते  
उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना र इन्सेक, उपभोक्ता हीत संरक्षण मञ्चलगायतको सहकार्यमा चैत १ गते आयोजित विश्व उपभोक्ता दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेपालगञ्ज उमनपाका उपमेयर उमा थापा मगरले…

२०७५ चैत्र १, शुक्रबार २०:२० गते  
नेकपाको बन्दका कारण प्रदेश पाँचको जनजीवन प्रभावित

प्रदेश ५ का जिल्लामा नेकपा विप्लव समूहको बन्दले जनजीवन प्रभावित भएको छ । विभिन्न जिल्लामा सडक र स्थानीय तहमा राखिएका बम नेपाली सेनाको टोली निस्कृय गरेको छ । प्यूठान प्रतिनिधि रवीन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नपा-४ स्थित नगरपालिकाको कार्यालय र माण्डवी गाउँपालिका- ३ स्थित गाउँपालिकाको कार्यालयको गेटमा फागुन ३० गते भेटिएका…

२०७५ फाल्गुन ३०, बिहीबार १७:०५ गते  
इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन

जिल्लामा इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर्न फागुन २७ गते अनुगमन टोलीले परियोजना सञ्चालित क्षेत्रमा पुगी अन्रक्रिया गरेको छ । टोलीले बैजनाथ गाँउपालिका–१ चिसापानीमा मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको हो । ब्रेड फर द वल्र्डका प्रतिनिधि फ्रान्सिस्काले नेपालको राजनीतिक परिवर्तन बारेमा विभिन्न समाचार…

२०७५ फाल्गुन २८, मंगलवार १३:०३ गते