औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो
बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ । आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुखलाई औषधि अभावका सम्बन्धमा लिखित जवाफ पेश गर्न अनुरोध गरेका थिए । औषधि अभावका कारण सेवाग्राहीले गुणस्तरीय…
कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार
नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीकाअनुसार घटनापछि फरार रहेका अरोपितलाई भदौ ९ गते राति कैलालीको अतरियाबाट गिरफ्तार गरिएको हो । इन्पेक्टर अवस्थीका…
बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग
१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् । पीडित बालिकालाई आरोपितले भदौ…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले साउन २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २७ गते आरोपितहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले साउन २८ गते इलाका…
धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन शिक्षा कार्यालयद्वारा परिपत्र
नेपालगञ्जस्थित गोल्डेन एबिसी विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बालिकालाई स्कूल पोशाक नलगाएको आरोपमा विद्यालय प्रवेशमा रोक लगाइएको विषयमा जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालयले धार्मिक मर्यादा रहने गरी पोशाकको व्यवस्था मिलाउन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ । जिल्ला शिक्षा कार्यालय बाँकेद्वारा साउन २३ गतेको चलानी नम्बर १८८ को पत्र अनुसार…
दाइजोको आरोपमा कुटपिट घटनाप्रति मानव अधिकारकर्मीहरूको ध्यानाकर्षण
दाइजो नल्याएको आरोपमा घरपरिवारबाट कुटपिट गरिएको घटना सम्बन्धमा नेपालगञ्जस्थित अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साउन २६ गते प्रेस विज्ञप्तिमार्फत नेपालगञ्ज उमनपा-१९ बाले गाउँकी १८ वर्षीया आसरुन अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते राति पति वसिम जोलहा, सासु बाबादैया जोलहा, ससुरा सब्बीर जोलहा र जेठाजु नसिम जोलहाले गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा फत्तेपुर गाविस-७ झगडियाका २० वर्षीय गोरे गड्डी र सोही ठाउँका २१ वर्षीय भड्डु गड्डीलाई फत्तेपुर प्रहरी चौकीले साउन २५ गते गिरफ्तार गरेको छ । आरोपित दुवैलाई साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा बुझाएको फत्तेपुर प्रहरी चौकीले जनाएको छ । पीडित महिलालाई साउन २३…
दाइजो नल्याएको आरोपमा परिवारजनबाट कुटपिट
नेपालगञ्ज उमनपा-१९ बालेगाउँकी १८ वर्षीया आसरून अन्सारीलाई दाइजो नल्याएको आरोपमा साउन २३ गते २१ वर्षीय पति बसिम अन्सारी, ४६ वर्षीया सासू बाबादैया जोलहा, ५१ वर्षीय ससुरा सब्वीर अन्सारी र ३२ वर्षीय जेठाजु नसिम अन्सारी कवाडीले कुटपिट गरेको पीडितले बताएकी छन् । दुवै आँखामा गहिरो चोट लागेका कारण पीडित घाइतेको भेरी…