कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको एक कार्यक्रमका सहभागी वक्ताहरूले औँल्याएका छन् । इन्सेक प्रदेश ५ कार्यालय, नेपालगन्ज, मानव अधिकार निगरानी समूह, माउण्टेन टेलिभिजन, रेडियो सद्भाव र राप्ती सोनारी गाउँपालिकाको सयुक्त आयोजनामा असोज १५ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक टेलिभिजन सम्वाद कार्यक्रममा उपप्रमुख धनीकुमारी खत्रीले उक्त कुरा औँल्याएकी…

२०७६ आश्विन १६, बिहीबार ०५:३२ गते  
नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्षमाथि कुटपिट

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्ष नेपालगन्ज उमनपा–२ का ६५ वर्षीय पत्रकार लियाकत अलीमाथि असोज १० गते राति कुटपिट भएको छ । असोज १० गते राति सामूहमा आएका अपरिचित व्यक्तिहरूले पछाडीबाट आक्रमण गरी भागेको अलीले बताए । उनले आक्रमणकारीको समूह र कारण बारे अनभिज्ञ रहेको बताए । पीडित पत्रकारले…

२०७६ आश्विन १२, आईतवार ११:०६ गते  
बाल सुधार गृहमा क्षमताभन्दा बढी बालक हुँदा व्यवस्थापनमा समस्या

डुडुवा गाउँपालिका–६ स्थित बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरूको सङ्ख्या हुँदा  व्यवस्थापनमा समस्या भएको छ । ७५ जनाको क्षमता रहेको बाल सुधार गृहमा हाल १ सय ६ जना बालकहरू रहेका छन् । क्षमता भन्दा बढी सङ्ख्यामा बालकहरू रहेका कारण नुहाउन, शौचालय जान समस्या हुने गरेको र उनीहरूमा छाला रोगको समस्या…

२०७६ आश्विन ११, शनिबार १३:१६ गते  
स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बीच सहकार्य आवश्यक

स्थानीय तह र नागरिक सङ्घ सङ्गठनहरू बिच सहकार्य आवश्यक रहेको औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भदौ ३० र ३१ गते नेपालगन्जमा आयोजित दुई दिने इन्सेक अभिमूखीकरण कार्यक्रमको उद्घाटनमा उक्त कुरा औँल्याइएको हो । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरू उठान गर्न सुझाव दिइन्…

२०७६ भाद्र ३१, मंगलवार १०:३० गते  
नेकपाका कार्यकताद्वारा नेपाली कांग्रेस जिल्ला सभापतिमाथि कुटपिट

खजुरा गाउँपालिका–२ सितापुरमा नेकपाका कार्यकर्ताले भदौ २६ गते नेपाली कांग्रेसका जिल्ला सभापति नेपालगन्ज उमनपा–१० की ७० वर्षीया किरण कोइराला लगायतका नेताहरूमाथि कुटपिट गरेको नेपाली कांग्रेसले विज्ञप्तमार्फत जनाएको छ । खजुरा गाउँपालिका–१ का ३२ वर्षीय रोशनसि‌ह ठकुरी, ३० वर्षीय लोकबहादुर शाही, ३६ वर्षीय निर्मल सिंह, ३२ वर्षीय सुनिल शाही, ३३ वर्षीय…

२०७६ भाद्र २८, शनिबार १०:३२ गते  
बौद्धिक अपाङ्गताका कारण १७ वर्षदेखि एउटै कोठामा !

नेपालगन्ज उप महानगरपालिका-२० नयाँबस्तीमा दाजुभाइलाई कोठामा थुनिएर राखिएको छ । ६६ वर्षीय कमल राईका २१ वर्षीय छोरा रवि राई १७ वर्षदेखि कोठामा थुनिएका छन् । कमलका १४ वर्षीय छोरा सरोज राई पनि सोही कारण कोठामा नै थुनिएका छन् । 'बौद्धिक अपाङ्गता भएकाले कतै गाउँमा गएर सताउने, जे पायो त्यहि खाइदिने…

२०७६ भाद्र २४, मंगलवार १५:२१ गते  
प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बैजनाथ गाउँपालिका-४ बानियाभारका ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई भदौ १६ गते प्रहरीले गोली प्रहार गरेको छ । बाँया गोडाको पिडुँलामा गोली लागेका न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी हेमबहादुर शाहीले बताए । अदालतले कैद तोकी फरार रहेका न्यौपानेलाई भदौ १६ गते इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको…

२०७६ भाद्र १७, मंगलवार ११:१७ गते  
बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न माग

द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । व्यक्ति बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), न्यायका लागि द्वन्द्व पीडित समाज, रेडक्रसलगायतका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा भदौ १२ गते आयोजित पीडितको अवस्था, न्याय प्राप्तीको चुनौती…

२०७६ भाद्र १३, शुक्रबार १४:३८ गते  
बलात्कार घटनाका आरोपितसहित पाँच जना गिरफ्तार

६ वर्षीया बालिका बलात्कार घटनामा फरार रहेका कोहलपुर नगरपालिका-११ शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाई सहित पाँच जनालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपित गोविन्द र घटना होस्टाइल गर्न पीडित पक्षलाई दबाब दिएको आरोपमा थप चार जनालाई सोधपुछका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर सन्तोष रोकायले…

२०७६ भाद्र ५, बिहीबार १६:५७ गते  
प्रलोभन देखाएर भारततर्फ लैँजादै गरेका ४६ जना युवा युवतीहरूको उद्दार

प्रलोभन देखाएर भारततर्फलैजाँदै गरेको अवस्थामा दाङ, कैलाली र सल्यान जिल्लाका ४६ जना युवायुवतीहरूलाई साउन २० गते इलाका प्रहरी कार्यालय जमुनाहले उद्दार गरेको छ । भारतको चेन्नईमा रहेको ओरियन्स कम्पनीमा नेटवर्किङ बिजनेशमा काममा लगाई दिने भन्दै भारततर्फलैजाँदै गरेको अवस्थामा प्रहरीले कैलाली जिल्लाका ३०, दाङ जिल्लाका ११ र सल्यान जिल्लाका पाँच जना…

२०७६ श्रावण २२, बुधबार १६:११ गते