मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न
मानव अधिकार समूहले स्थानीय तहको शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्ध समस्या पहिचान बैठक ०८१ असोज १४ गते नेपागलञ्जमा सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा स्थानीय तहमा रहेका…
मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज १३ गते बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष भागीलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विगत पाँच महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको…
वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सरोकारवाला निकायले वातावरणीय सवाललाई प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विपद् तथा जलवायु…
संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका आठ ओटा संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज १० गते सुरु…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रमको सहजीकरण गर्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले युएसएआइडीको आर्थिक सहयोगमा नागरिक समाज…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
नेपालगञ्ज उपमहानगरपालिका–१४ की २१ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ असोज १ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई घरेलु तथा मानसिक हिंसा, अध्ययन गर्न नपाएको र जबरजस्ती घरायासी काममा लगाई हिंसा गरेको भन्दै न्यायका लागि पहलको साथै आर्थिक सहयोग गरिदिन इन्सेक समक्ष आग्रह…
मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८१ भदौ २८ गतेबाट नेपालगञ्जमा सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकारको संरक्षण, सम्वर्द्धन, अनुसन्धान, वकालत, सङ्घर्ष क्षेत्रमा काम गरिरहेको बताउनु भयो । मानव अधिकारको प्राथमिकता…
मौसम परिवर्तनका कारण अस्पतालमा बिरामीको चाप बढ्दै ! (फोटो फिचर)
मौसम परिवर्तनका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेको छ । मौसम परिवर्तनका कारण डेङ्गीका साथै भाइरल ज्वरो, टाइफाइड, झाडापखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न थालेका हुन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काका अनुसार नरैनापुर गाउँपालिका-१, महतिनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफलाइटिस र खजुरा गाउँपालिका-४ का ७२…
मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५० वर्षीय टुकबहादुर खत्रीलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको ०८१ भदौ २४ गतेको…
जिल्लामा झाडापखालाका बिरामी बढ्दै ! (फोटो फिचर)
जिल्लामा झाडापखालाका बिरामी बढेका छन् । भेरी अस्पतालमा झाडापखालाका बिरामीहरूको लागि १६ ओटा वेड रहेको छ । हालसम्म ५८ जनाको उपचार भइसकेको र आठ जना अझै उपचाररत रहेको भेरी अस्पतालका सूचना अधिकारी एवम् इर्मेजेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. संकेत रिसालको भनाइ छ । नरैनापुर गाउँपालिका–३, गेगलीस्थित झाडापखालाले दलित समुदायका…