स्वच्छ निर्वाचनका लागि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले भूमिका खेल्नुपर्नेमा जोड
स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलगायत सङ्घसंस्थाले भूमिका खेल्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले जोड दिएका छन् । नेपाल कानुन पत्रकार समाज बाँकेद्वारा असार ९ गते आयोजित सरोकारवाला निकायको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा प्रजिअ पन्थले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि जिल्लामा…
आचारसंहिता विपरीत गृहमन्त्रीले पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको आरोप
दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा आचारसंहिता विपरीत माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते नेपालगञ्जमा प्रदेश नं. ५ का केही जिल्लाको सुरक्षा अवस्थाको…
लाठी जुलुससहित निस्केका राजपाका १५ जना कार्यकर्ता गिरफ्तार
उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन असार ३ गते निर्वाचनको विरोध गर्दै लाठी जुलुसमा निस्केका राजपाका १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राजपाका कार्यकर्तालाई नेपालगञ्जस्थित त्रिभुवन चोकबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार पर्नेमा राजपाका जिल्ला अध्यक्ष केशवराम वर्मा, जिल्ला नेता लक्ष्मीनारायण वर्मालगायत १५ जना रहेका छन् ।…
आयोगद्वारा मानव अधिकार प्राथमिकताका सवालहरू निर्धारण
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाँके जिल्लाको मानव अधिकार प्राथमिकताका सवाल निर्धारणसम्बन्धी छलफल कार्यक्रम जेठ २९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । आयोगले आगामी दिनमा मानव अधिकारका प्राथमिकताका सवालहरू निर्धारण गरेर अगाडि बढ्ने उद्देश्य तथा योजना अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सरोकारवाला निकायसँग छलफल गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया र १८ वर्षीया दुई युवतीलाई छुट्टाछुट्टै स्थानमा बलात्कार गरेको आरोपमा प्रहरीले सो घटनाका आरोपितलाई जेठ २१ गते गिरफ्तार गरेको छ । २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरीका ३६ वर्षीय चोपेन्द्र कार्कीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले गिरफ्तार गरेको जनाएको छ । यसैगरी १८ वर्षीया युवतीलाई…
अज्ञात समूहद्वारा उद्योगीमाथि आक्रमण
अज्ञात समूहले जानकी गाउँपालिका-६ स्थित गनापुरमा रहेको जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजर ५० वर्षीय एमएल शर्मालाई जेठ २१ गते राति आक्रमण गरेको गनापुर प्रहरी चौकीले जनाएको छ । उद्योगबाट राति नेपालगञ्जतर्फ फर्कँदै गर्दा दुई जनाको सङ्ख्यामा आएका व्यक्तिले कार रोकेर बिच सडकमा कुटपिट गर्दै मोबाइलसमेत लुटेको पीडितले बताए ।…
अन्तरजातीय विवाह गरेको आरोपमा परिवारले घर छाडन दबाव दिएको आरोप
डुडुवा गाउँपालिका-५ की २० वर्षीया सीमा परियारलाई अन्तरजातीय विवाह गरेको आरोपमा घर परिवारले घर छोडन दबाव दिँदै आएको पीडितले आरोप लगाएकी छन् । नेपालगञ्जमा जेठ १८ गते पत्रकार सम्मेलन गर्दै पीडितले उक्त अरोप लगाएकी हुन् । गाउँकै २२ वर्षीय प्रेमप्रकाश क्षेत्रीले एक वर्षअघि उनीसँग प्रेमविवाह गरेका थिए । पीडित महिलाले…
आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल
आचारसंहिता र कानुनको पालना गरे निर्वाचन स्वच्छ हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा भिजन टेलिभिजनसँगको सहकार्यमा जेठ १८ गते नेपालगञ्जमा आयोजित मानव अधिकार र निर्वाचन विषयक टेलिभिजन संवाद कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त…
भारतको दिल्लीबाट २४ जना महिलाको उद्धार
वैदेशिक रोजगारीका लागि भन्दै भारतको दिल्लीमा पुर्याएपछि अलपत्र अवस्थामा रहेका २४ जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइएको छ । उद्धार गरिएका २४ जना महिलालाई जेठ ४ गते माइती इण्डियाले उद्धार गरी माइती नेपाल, नेपालगञ्ज शाखालाई जिम्मा लगाएको हो । उद्धार गरिनेहरूमा मकवानपुरकी सुमीत्रा मोक्तान, उदयपुरकी फुलमाया विश्वकर्मा, सिन्धुपाल्चोककी सेङ्मो…
निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण
बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्न सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएका छन् । निर्वाचन कार्यालय, जिल्ला शिक्षा कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आआफ्नो तहबाट अनुगमन र सम्बन्धित पक्षलाई ध्यानाकर्षण सहितको…