घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले बैजनाथ गाउँपालिका-३ घरभई हाल चिसापानीस्थित माइती घर बस्ने ४१ वर्षीया चन्द्रा दमाईलाई ०८१ पुस १२ गते आर्थिक सहयोग गरेको छ । दलित महिला सङ्घको सिफारिसमा मानव अधिकार कक्षले अदालतमा विचारधीन मुद्दालाई मद्दत पुग्ने किसिमले कानुनी प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले १० हजार रुपियाँ सहयोग गरिएको हो ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ पुस ११ गते बाँकेमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत भएको थियो । कार्यक्रममा बोल्दै…
सामूहिक बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका-४ बस्ने २४ वर्षीय रिजवान खाँ र ३० वर्षीय इसरार मोहम्मद खाँ विरुद्ध इलाका प्रहरी कार्यालय, भगवानपुरमा ०८१ पुस ८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितहरूले ०८१ पुस ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भगवानपुरमा…
स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरूको आग्रह
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् । मानव अधिकारकर्मीहरूले ०८१ पुस ८ गते विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजको व्यवस्थापन पक्षसँग विगत ६ महिना अघिदेखि विभिन्न मागहरू राखि उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन,…
घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
घरेलु हिंसा पीडित ७४ वर्षीया महिला पार्वती सुनारनीलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ पुस ४ गते आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र स्वास्थ्यले पनि कमजोर भएकाले कानुनी प्रकृयमा जानका लागि पीडित सुनारनीले दिएको निवेदनको आधारमा इन्सेकले लेखा शाखाबाट लक्ष्मी…
मन्त्री अग्रवालद्वारा 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' को अनुगमन
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको ०८१ पुस ४ गते अनुगमन गर्नुभएको छ । मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको अनुगमन गर्दै कानुन मन्त्री अग्रवालले मानव अधिकारको संवर्द्धन, संरक्षण र परिपूर्ति गर्न आफूहरू लागि…
राष्ट्रिय मानव अधिकार आयोगद्वारा 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' को अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडे र सहायक प्रथम माया गैरेले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको ०८१ मङ्सिर ३० गते अनुगमन गरेका छन् । इन्सेकले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गरिरहेका व्यक्ति…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर २७ गतेको इजलासले दोषी ठहर गर्दै विकलाई २० वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र हाडानाता तर्फ ५ वर्ष…
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठको अध्यक्षतमा ०८१ मङ्सिर २७ गते नेपालगञ्जमा सम्पन्न भएको हो । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिले बैठकबाट…
मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको उद्घाटन गर्दै उहाँले मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको…