बाल अधिकार क्षमता अभिवद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा इएलपी कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि माघ २४ गतेदेखि सुरु भएको क्षमता अभिवद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा इन्सेक अभियान, बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, विकासक्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव…

February 9, 2017  
घरघरमा मानव अधिकार शिक्षा पुर्‍याउन आयोगको प्रतिबद्धता

मानव अधिकार शिक्षा घर घरमा पुर्‍याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् । माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् । आयोगले तर्जुमा गरेको…

February 5, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तीन जना युवतीलाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको आरोपमा नेपाल-भारत सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले माघ २० गते दाङ जिल्ला मानपुर गाविस-७ का ३२ वर्षीय यमबहादुर बस्नेतलार्इ गिरफ्तार  गरेको छ । भारतको बाटो हुँदै कुवेत लैजान काठमाडौँबाट १८, १९ र २५ वर्षीया तीन जना युवतीहरूलाई आरोपितले पालैपालो मोटरसाइकलबाट जमुनाह…

February 3, 2017  
पत्नी हत्याका आरोपित गिरफ्तार

नेपालगञ्ज उपमनपा-१२ की २२ वर्षीया अनिशा खटिकमाथि आगजनी गरी फरार रहेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजेन्द्र खटिकलाई माघ १९ गते नेपाल भारत सिमानाको जमुनाहा नाकाबाट गिरफ्तार गरेको छ । आरोपितले माघ ६ गते राति घरयासी विवादमा आगजनी गरिएकी पीडितको काठमाडौँको शिक्षण अस्पतालमा उपचारको क्रममा माघ १८ गते निधन भएको…

February 1, 2017  
आगो लगाएर पत्नीकाे हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार,…

January 20, 2017  
पत्नीमाथि आगो लगाएर हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार,…

January 20, 2017  
नेतृत्व विकास तालिम सम्पन्न

मानव अधिकार निगरानी समूहका सदस्यहरूको नेतृत्व विकास गराउने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा आयोजित तीन दिने नेतृत्व विकास तालिम पुस २६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । स्थानीयस्तरमा कामकाज गर्न सजिलो बनाउने उद्देश्य र सहजकर्ता तथा निगरानी समूहका पदाधिकारीलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा जानकार…

January 11, 2017  
शिक्षिकाको कुटपिटबाट ६ वर्षीय बालक घाइते

नेपालगञ्ज नपा-५ स्थित बालमैत्री विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय बालक अमृत सिंहलाई पुस २५ गते विद्यालयकी शिक्षिका गङ्गा श्रेष्ठले प्रहार गर्दा बालक घाइते भएका छन् । लेख्न नजानेको आरोपमा क्लीप बोर्डले प्रहार गर्दा बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको अभिभावक महेश सिंहले बताए…

January 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला, कनका सुन्दरी गाविस-७ का १८ वर्षीय  मुस्कान आचार्य र सोही ठाउँका १७ वर्षीय शेर सिकर्मीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पुस २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले पुस २० गते बलात्कार गरेको आरोपमा पीडितले प्रहरीमा मौखिक उजुरी दिएको आधारमा अनुसन्धानका लागि…

January 5, 2017  
आम नागरिकले आयोगको अनुभूति गर्न पाउनु पर्छः प्रवक्ता अन्सारी

राष्ट्रिय मानव अधिकार आयोग भएको आम नागरिकले अनुभूति गर्न पाउनु पर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले जोड दिएकी छन् । पुस १६ गते नेपालगञ्जमा प्रवक्ता अन्सारीले राज्यको संवैधानिक निकायलाई आम नागरिकले 'एनजिओ'को रूपमा चिन्न थालेको बताउँदै आयोगले पँहुच वृद्धि गर्नुपर्ने धारणा राखेकी थिइन् । सो अवसरमा…

December 31, 2016