बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खजुरा गाउँपालिका-६, गिजरा फारमका २३ वर्षीय शिव शङ्कर मुराउलाई प्रहरीले ०८१ साउन २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २२ गते ललाई फकाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएको थियो…

२०८१ श्रावण २३, बुधबार ११:११ गते  
अस्पतालमा चार महिनादेखि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती

खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजी विभागमा आगलागी भएको चार महिना बितिसक्दा पनि सिटी स्क्यान र भिडियो एक्सरे मेसिन सञ्चालन हुन नसक्दा बिरामीहरूलाई सास्ती भोग्नुपरेको छ । रोग पहिचानका लागि अति आवश्यक मेसिन सञ्चालन गर्न विद्युत आपुर्ती हुन नसकेकाले बिरामीहरू नेपालगञ्ज गइ दोब्बर भन्दा बढी शुल्क तिरेर…

२०८१ श्रावण २३, बुधबार १०:४९ गते  
बालसुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते

बैजनाग गाउँपालिका-२, स्थितनौबस्ता बालसुधार गृह ब्लक 'ए' मा बालबन्दीहरूबीच ०८१ साउन १४ गते झडप हुँदा पाँच जना घाइते भएका छन् । उक्त झडपमा इँटा प्रहारबाट २० वर्षीय तीन जनाको टाउकोमा घाउचोट लागेको र २२ वर्षीय एक जनाको शरीरमा सामान्य चोट लागेको छ । घाइतेहरूको स्वास्थ्य उपचार भेरी अस्पताल, नेपालगञ्जमा भएको…

२०८१ श्रावण १५, मंगलवार १६:५० गते  
लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १५ गते सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको अभिलेख अनुसार सन् २०२४ को दोस्रो तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७० जना…

२०८१ श्रावण १५, मंगलवार १६:१७ गते  
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

खजुरा गाउँपालिका–२, के गाउँकी २३ वर्षीया महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ साउन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई चार/पाँच वर्ष देखि नै घरेलु हिंसा, शारीरिक, मानसिक तथा यौन हिंसा गरेको र पटक पटक परिवारमा छलफल गरे पनि थप हिंसा गरेको भन्दै न्यायका…

२०८१ श्रावण ९, बुधबार १५:२४ गते  
आयोग, इन्सेक र सिजपको नेतृत्वमा बालसुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, सिजप, सिविन नेपाल र राष्ट्रिय बाल अधिकार परिसद्को संयुक्त टोलीले ०८१ साउन ३ गते डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहको अनुगमन गरेको छ । अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोगबाट सदस्य लिली थापा, द्वारिका अधिकारी, इन्सेक लुम्बिनी प्रदेश कार्यालयबाट भोला महत र सोम नेपाली,…

२०८१ श्रावण ३, बिहीबार २१:१९ गते  
रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान को स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्लाका मानव अधिकार सम्बद्ध सङ्घ संस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार इन्सेकले रोम विधान अनुमोदन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको…

२०८१ श्रावण २, बुधबार २३:१४ गते  
पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा पीडितहरूको न्यायको सवाल विषयक अन्तरक्रिया कार्यक्रम ०८१ साउन २ गते नेपालगञ्जमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय नेपालगञ्ज, मानव अधिकार सञ्जालको संयुक्त आयोजना र इन्सेक लगायत विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा भएको कार्यक्रममा मानव अधिकार, मानवीय कानुन तथा फौजदारी न्यायको माध्यमबाट पीडितलाई न्याय…

२०८१ श्रावण २, बुधबार १८:३५ गते  
रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको आग्रह

मानव अधिकारकर्मीहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७ जुलाई) को अवसरमा ०८१ साउन २ गते विज्ञप्ति जारी गर्दै मानव अधिकारकर्मीहरूले सरकारलाई रोम विधान अनुमोदन गर्न आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, 'पुर्नस्थापित प्रतिनिधि सभाले…

२०८१ श्रावण २, बुधबार १६:१९ गते  
इन्सेक र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ साउन १ गते नेपालगञ्जस्थित जिल्ला कारागार अनुगमन गरेको छ । कारागारमा ३ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भए तापनि ४ सय ५२ जना कैदी, २ सय ४८ बन्दी गरी ७ सय ६४ जना रहेको जिल्ला कारागार प्रमुख अर्जुन…

२०८१ श्रावण १, मंगलवार १७:२६ गते