रोल्पा कारागारमा मृत्यु प्रकरणः इन्सेक सम्मिलित अधिकारकर्मीको टोलीले थाल्यो अध्ययन
रोल्पा कारागारमा शंकाष्पद मृत्यु भएका नेपालगञ्ज उप–महानगरपालिका–२ का सुन्दर हरिजन घटनाको तथ्य संकलनकालागि इन्सेक सम्मिलित अधिकारकर्मीहरूको टोलीले जेठ १८ गते रोल्पा पुगेर अध्ययन थालेको छ । टोलीमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिका…
दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेक लुम्विनी प्रदेश नेपालञ्जको समन्वय र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको आयोजनामा चौथो राष्ट्रिय महिला अधिकार दिवस दिगो विकास र महिला अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ १७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकरबहादुर रावलले दिगो विकासमा महिला अधिकारको विषय नजोडिएको बताउदै महिला…
मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न भएको छ । मानव अधिकार समूह गाउँपालिका स्तरमा मात्र रहेकोले मानव अधिकार समूहको पहलले सबै वडामा मानव अधिकार समूह गठन…
कारागारमा मृत्युको घटना शङ्कास्पद भन्दै छानविनको माग
रोल्पाको लिवाङ स्थित जिल्ला कारागारमा जेठ ४ गते नेपालगञ्ज उपमहानगरपालिका–२ दैलेखी बङ्गला निवासी सुन्दर हरिजनको रहस्यमय मृत्युप्रति इन्सेकसहित १६ ओटा सङ्घसंस्थामा आबद्ध नेपालगञ्जका अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘कारागार प्रशासनले हरिजनको मृत्युपछि परिवारलाई विजयविक्रम शाहको मृत्यु भएको छ । शव लिन आउनुहोस् भनी सुन्दर हरिजनको परिवारलाई खबर गरेको…
प्रहरी हिरासतको शौचालयमा थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कोहलपुर नगरपालिका–१ का ४७ वर्षीय किशनलाल कुँवर जेठ ११ गते बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बिहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको र मृत अवस्थामा भेटिएको बताउनु भयो । ‘हिरासत कक्षबाट ट्वाइलेट गएका…
बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपितको मृत्यु
बलात्कार प्रयास घटनामा गिरफ्तार गरिएका आरोपित नरैनापुर गाउँपालिका ५ मटैहियाका ३० वर्षीय रामपाल यादवको जेठ ४ गते मृत्यु भएको छ । ७० वर्षीया महिलामाथि बलात्कार प्रयास गर्दा पीडित चिच्याए पछि भागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरले आरोपितलाई वैशाख ३ गते राती गिरफ्तार गरेको थियो । आरोपितलाई स्वास्थ्य परीक्षणकालागि प्राथमिक…
बाँकेको नरैनापुरमा मतगणना स्थगित
बाँकेको नरैनापुरमा गाउँपालिकामा मतगणना कार्य वैशाख ३१ गते रातीबाट स्थगित भएको छ । राजनीतिक दलहरूले मतगणनामा खटिएका कर्मचारीहरूले गतगणनामा सूचना प्रवाह गर्दा पारदर्शीता नभएको आरोप लगाउदै नयाँ कर्मचारी राखेर मत गणना कार्य सुरू गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो । निर्वाचन अधिकृत रेशम आचार्यका अनुसार सूचना प्रवाह गर्दा…
इन्सेकद्वारा प्रदेशका विभिन्न जिल्लाका मतदान स्थलहरूको अनुगमन
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले वैशाख २९ गते बाँके जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन गर्नुको साथै जिल्ला निर्वाचन अधिकारीलाई भेटेर निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिएको छ । इन्सेकका सदस्य कृष्णमुरारीप्रसाद भट्ट, अधिकृत विनोद पाण्डे र टेकनाथ आचार्यले मतदान स्थलहरूको अनुगमन गरेका थिए । अनुमगनका क्रममा हावाहुरी र पानीले निम्त्याउन सक्ने जोखिमबाट…
मौन अवधिमा आचार संहिता उल्लङ्घन र झडप
स्थानीय तह निर्वाचनको मौन अवधि सुरू भए पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अचार संहिता उल्लङ्घन र झडपहरू भएका छन् । कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार महाराजगञ्ज नगरपालिका उप–मेयरका उम्मेदवार ५५ वर्षीया शुभावती कुर्मीको मृत्यु भएपछि स्तगीत गरिएको निर्वाचन कार्यक्रम उक्त पदमा मृतककी बुहारी २८ वर्षीया रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाउने…
स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार
स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पछिल्लो समय मुस्लिम, मधेश, सिमान्तकृत र पछाडि पारिएका समूदायका महिलाहरूकाे समाजिक तथा राजनीतिक सहभागिता बढ्दै गएको छ । इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको टोलीले निर्वाचन तयारीको अवस्था बुझ्न वैशाख २२ गते …