आगो लगाएर छोराको हत्या, पत्नी घाइते
कोहलपुर नगरपालिका–२ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले माघ १५ गते दुई वर्षीय छोरा र ३० वर्षीय पत्नीलाई पेट्रोल छर्किएर आगो लगाएका कारण छोराको मृत्यु भएको छ भने पत्नी घाइते छन् । आरोपितले घरयासी विवादमा पत्नी गंगा बिक र छोरा प्रिन्स बिक माथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।…
प्रदेश स्तरीय बाल अधिकार समूह गठन
इन्सेको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा प्रदेश स्तरीय बाल अधिकार समूह गठन पुस २९ गते सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तुका आठ वटा विद्यालयमा गठित बाल अधिकार समूहका पदाधिकारीहरूको सहभागीतामा गठन गरिएको साथै उक्त समुह मार्फत प्रदेश स्तरमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक र जातीय विभेदहरूको सवालमा…
नेपालगञ्जमा फोरम थिएटर कार्यशाला सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फोरम थिएटर कार्यशाला पुस २७ गते देखि नेपालगञ्जमा सुरू भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका बाल अधिकार चेतना समूहमा आवद्ध बालबालिका रहेका छन् । कार्यक्रममा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट…
इन्सेक कार्यकारी निर्देशकद्वारा प्रदेश कार्यालयको अनुगमन
इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले पुस २५ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको अनुगमन गर्नु भएको छ । कार्यकारी निर्देशक गौतमले इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कर्मचारीहरूसँगको बैठकमा भइरहेको कामको जानकारी लिनुको साथै कार्ययोजना अनुसार काम भए नभएको विषयमा जानकारी लिनु भएको थियो । कार्यक्रम अधिकृत सरस्वती मल्ल, प्रलेख अधिकृत विनोद…
मानव अधिकारकर्मीद्वारा बालसुधार गृह, कारागार र हिरासत कक्षको अनुगमन
इन्सेक लुम्विनी प्रदेश कार्यालय नेपालगञ्जको अयोजनामा मानव अधिकारकर्मी द्वारा बालसुधार गृह, कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको पुस २० गते नुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्जकी प्रमुख द्वारिका अधिकारी, इन्सेक नेपालगञ्जकी अधिकृत सरस्वती मल्ल, एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च बारका पुर्व अध्यक्ष…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक सम्पादन तथा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३को वार्षिक सम्पादन भेला नेपालगञ्जमा पुुस २० र २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँचको अवस्था बारे…
मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा जोड
इन्सेक र युरोपियन युनियनको आयोजनामा मानव अधिकार रक्षकको वर्तमान अवस्था र चुनौती विषयक पुस ४ गते नेपालगञ्जमा सम्पन्न प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले मानव अधिकार रक्षकहरूको नीतिगत सङ्क्षरण हुनु पर्नेमा जोड दिएका छन् । अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार रक्षकहरूको मानव अधिकार…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा मानव अधिकार समुह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम मङसिर २८ गते देखि सुरू भएको छ । कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार समूह र स्थानिय सरोकारवालासँगको समन्वय गरि शिक्षा ,स्वास्थ्य ,वातावारण र लैङ्गिक विभेद सम्बधी साझा…
शिक्षा र स्वास्थ्य सेवा प्रभावित भएको प्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण
शिक्षा र स्वास्थ्य सेवा प्रभावित भएको प्रति अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् । डुडुवा गाउँपालिकाका मङ्सिर २५ गते देखि स्वास्थ्य सस्थाहरू र विद्यालयमा पठन पाठन प्रभावित भएको विषयमा स्थलगत अनुगमन पश्चात मङ्सिर २७ गते इन्सेक लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले प्रस विज्ञप्ती मार्फत ध्यानाकर्षण जनाएका हुन् । नेपालको संविधान २०७२ को…
भजन मानव अधिकार पुरस्कारबाट बाँकेकी सिद्दीकी पुरस्कृत
भजन मानव अधिकार पुरस्कार छैठौबाट बाँकेकी सिद्दीकी पुरस्कृत हुनु भएको छ । मानव अधिकार दिवसको अवसर पारेर प्रत्येक दुई वर्षमा प्रदान गरिने भजन मानव अधिकार पुरस्कार मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याउनु भएकी मुस्लिम महिला नेतृ एवं फातिमा फाउण्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्धिकीलाई मङ्सिर २४ गते अन्तराष्ट्रिय मानव…