बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र ३० वर्षीय मनोज शाहीले चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका…
जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे आठ महिनासम्म मर्मत नहुँदा सोवाग्राहीहरू मार्कामा
जिल्ला अस्पताल बिजुवारमा रहेका भिडियो एक्सरे मेसीन बिग्रीएको आठ महिनासम्म पनि मर्मत नहुँदा सेवाग्राहीहरू मार्कामा परेका छन् । अस्पतालमा रहेको भिडियो एक्सरे मेसीन लामो समयसम्म सञ्चालन नहुदाँ अस्पताल आएका एक्सरे गर्नु पर्ने बिरामीहरू महंगो शुल्कमा नीजि मेडिकलमा गएर एक्सरे गर्न बाध्य हुदै आएका छन् । पेट दुखेर जिल्ला अस्पताल गएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई फागुन १० गते घरबाट गिरफ्तार गरेको छ । दुबै जनाले फागुन ८ गते मादक पदार्थ सेवन गरेको र बान्ता गरे पछि पत्नीको मृत्यु भए पछि आरोपितले शव बोरामा राखेर घर नजिकैको…
खानेपानीको व्यवस्था नहुँदा स्थानीयलाई सास्ती
वर्षौदेखि गाँउमा खानेपानीको व्यवस्था नहुँदा झिमरुक गाँउपालिका — ६ तोरवाङ्गका १ सय घर परिवारले सास्ती भोग्दै आएका छन् । तोरवाङ्ग, जनैपोखरा र धनमुढा गाँउका एक सय घर परिवारले बाह्रै महिना ठुलापधेरा कुवाको पानी पिउन बाध्य छन् । गाँउको नजिक कतै पनि पानीका मुलहरू नभएकाले सबै घर परिवार एउटै कुवाको पानी…
पाठ्यपुस्तक बिना नै परीक्षा दिन बाध्य बालबालिकाहरू
पाठ्यपुस्तक बिना परीक्षा दिन बाध्य छन् गौमुखी गाँउपालिका र स्वर्गद्वारी नगरपालिकाका बालबालिकाहरू विद्यालय भर्ना भएका बालबालिका मध्ये केही बालबालिकाहहरूले वार्षिक परीक्षा दिने समय आइपुग्दा सम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । नेपाल सरकारले कक्षा चार, सात र नौमा नयाँ पाठ्यक्रम लागु गरेको र नयाँ पाठ्यक्रम आवश्यकताको ८० प्रतिशत मात्र आएको जिल्ला…
विगत ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयको गुनासो
सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयहरूले गुनासो गरेका छन् । लक्षित वर्ग ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता १ सय ५० जनाले ६ महिना देखि पाएका छैनन् । ०७६ देखि बुझदै आएको सामजिक सुरक्षा भत्ता २०७९साउनदेखि नपाएको प्यूठान नगरपालिका– ३ की ७४ वर्षीया सरस्वती सापकोटाले बताउनु…
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक प्यूठान अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गतेसम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको अवस्था चित्रण गर्ने दस्तावेजकोरुपमा रहेको बताउनु भयो । प्रजिअ नेपालले इन्सेकले घटना सङ्कलन…
इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्था बारे सरोकारवालाहरूसँग छलफल
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको टोलीले जिल्लामा निर्वाचन पूर्व को अवस्था बारे कात्तिक ३० गते सरोकारवालाहरु सँग छलफल गरेको छ । इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी, लुम्बिनी प्रदेश संयोजक भोला महत र केन्द्रिय कार्यालयका कृष्ण गौतम सम्मिलित टोलीले जिल्लाका अधिकारर्मी र पत्रकाहरू सँग निर्वाचनको तयारी, मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिताको पालन…
जिल्लामा ३९ वटा मतदान स्थल अति सम्वेदनशील
जिल्लामा रहेका १ सय ५६ वटा मतदान स्थल मध्य सुरक्षा, सूचना, भौगोलिकलगायतका दृष्ट्रिकोणले विभजन गर्दा ३९ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत मेघराज सोनिका अनुसार ७३ वटा मतदान स्थल सम्वेदनशील र ४४ वटा सामान्य रहेकका छन् । जसमा २ सय २३ मतदान केन्द्र…
प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारमा समस्या
मल्लरानी गाँउपालिका – ४ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामीहरूलाई उपचारमा समस्या भएको छ । एकजना डाक्टरको दरबन्दी रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा गत वैशाखदेखि डाक्टर नहुँदा बिरामीहरूको उपचारमा समस्या परेको समाजसेवी मनोजकुमार श्रेष्ठले बताउनु भयो । सामान्य ज्वरो आउदा पनि डाक्टर नहुँदा जिल्ला अस्पताल बिजुवार पुगेर उपचार गराउनु पर्ने…