विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा विद्यालयका सुरक्षा गार्ड गिरफ्तार
प्यूठान नगरपालिका– ३ स्थित मुक्ति माविमा अध्यनरत विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका सुरक्षा गार्ड प्यूठान नगरपालिका– १ का ४० वर्षीय टंकबहादुर बस्नेतलाई जेठ १८ गते घरबाट गिरफ्तार गरेको छ । मुक्ति माविमा कक्षा १० मा अध्ययनरत प्यूठान नपा– ४ का १६ वर्षीय बिवेक विक १६ वर्षीय मनिष बिक, प्यूठान…
चालु अवस्थामा रहेको भिडियो एक्सरे मेशिनलाई बिग्रीएको बताएपछि आठ महिनादेखि सेवाग्राही मर्कामा
जिल्ला अस्पताल बिजुवार रहेको भिडियो एक्सरे मेशिन अस्पतालले बिग्रिएको झुटो कारण देखाएका कारण आठ महिनादेखि सेवाग्राही मर्कामा पर्दै आएका छन् । जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने बिरामीहलाई डाक्टरहरूले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन बिग्रिएको भन्दै ढाट्ने र निजी मेडिकलमा पठाउने गरेकामा उक्त मेशिन नबिग्रिएको खुलासा भएको छ । जिल्ला…
सडक निर्माणले क्षति पुर्याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा खानेपानीको समस्या
सडक निर्माणले क्षति पुर्याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा दुई महिना देखि खानेपानीको समस्या भएको छ । प्यूठान नगरपालिका– ५ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा भएको क्षति मर्मत नहुँदा प्यूठान नपा–२, ३ र ५ का ३ सय ५० घर धुरीमा दुई महिनादेखि खानेपानीको समस्यामा परेका हुन्…
अपाङ्ग मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राही समस्यामा
अपाङ्गता मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राहीलाई समस्या हुने गरेको अपाङ्गता भएका नागरिकहरूले गुनासो गरेका छन् । सरकारले अपाङ्गता मैत्री भौतिक सङ्रचना निमार्ण गर्ने भनेता पनि जिल्लामा आफूले सेवा लिन जाने क्रममा एउटा पनि सरकारी कार्यालय अपाङ्गता मैत्री भौतिक सङ्चना नभएको प्यूठान नपा– ३ का ३६ वर्षीय दृष्टि विहीन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र ३० वर्षीय मनोज शाहीले चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका…
जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे आठ महिनासम्म मर्मत नहुँदा सोवाग्राहीहरू मार्कामा
जिल्ला अस्पताल बिजुवारमा रहेका भिडियो एक्सरे मेसीन बिग्रीएको आठ महिनासम्म पनि मर्मत नहुँदा सेवाग्राहीहरू मार्कामा परेका छन् । अस्पतालमा रहेको भिडियो एक्सरे मेसीन लामो समयसम्म सञ्चालन नहुदाँ अस्पताल आएका एक्सरे गर्नु पर्ने बिरामीहरू महंगो शुल्कमा नीजि मेडिकलमा गएर एक्सरे गर्न बाध्य हुदै आएका छन् । पेट दुखेर जिल्ला अस्पताल गएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई फागुन १० गते घरबाट गिरफ्तार गरेको छ । दुबै जनाले फागुन ८ गते मादक पदार्थ सेवन गरेको र बान्ता गरे पछि पत्नीको मृत्यु भए पछि आरोपितले शव बोरामा राखेर घर नजिकैको…
खानेपानीको व्यवस्था नहुँदा स्थानीयलाई सास्ती
वर्षौदेखि गाँउमा खानेपानीको व्यवस्था नहुँदा झिमरुक गाँउपालिका — ६ तोरवाङ्गका १ सय घर परिवारले सास्ती भोग्दै आएका छन् । तोरवाङ्ग, जनैपोखरा र धनमुढा गाँउका एक सय घर परिवारले बाह्रै महिना ठुलापधेरा कुवाको पानी पिउन बाध्य छन् । गाँउको नजिक कतै पनि पानीका मुलहरू नभएकाले सबै घर परिवार एउटै कुवाको पानी…
पाठ्यपुस्तक बिना नै परीक्षा दिन बाध्य बालबालिकाहरू
पाठ्यपुस्तक बिना परीक्षा दिन बाध्य छन् गौमुखी गाँउपालिका र स्वर्गद्वारी नगरपालिकाका बालबालिकाहरू विद्यालय भर्ना भएका बालबालिका मध्ये केही बालबालिकाहहरूले वार्षिक परीक्षा दिने समय आइपुग्दा सम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । नेपाल सरकारले कक्षा चार, सात र नौमा नयाँ पाठ्यक्रम लागु गरेको र नयाँ पाठ्यक्रम आवश्यकताको ८० प्रतिशत मात्र आएको जिल्ला…
विगत ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयको गुनासो
सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता नपाएको स्थानीयहरूले गुनासो गरेका छन् । लक्षित वर्ग ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षा भत्ता १ सय ५० जनाले ६ महिना देखि पाएका छैनन् । ०७६ देखि बुझदै आएको सामजिक सुरक्षा भत्ता २०७९साउनदेखि नपाएको प्यूठान नगरपालिका– ३ की ७४ वर्षीया सरस्वती सापकोटाले बताउनु…