यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले कात्तिक २५ गते सरुमारानी गाउँपालिका –३ का २९ वर्षीय हरिभैया मगरलाई तीन वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश श्यामलाल घिमिरेको इजलासले तीन वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो । पीडितलाई आरोपितले ०७८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाउँपालिका— ८ का ४३ वर्षीय फनबहादुर विकलाई असोज १२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको…
बलात्कार कसुर ठहर गर्दै ६ वर्ष आठ महिना कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई असोज ५ गते ६ वर्ष आठ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ८ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ती पीडितलाई भराउने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार बिरेन्द्रप्रकास खडकाले…
यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष ३ महिना कैदको फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गदै जिल्ला अदालतले भदौ ३० गते १७ वर्षीय बालकलाई ६ वर्ष ३ महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ३ महिना कैद र १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ती पीडितलाई भराउने र १० हजार रुपियाँ…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा जिल्लास्थित सरोकारवालहरूसँग मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम भदौ १३ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हाल जिल्लामा मानव अधिकारकर्मीलाई कामका दौरानमा कुनै पक्षबाट असुरक्षित भएको भन्ने जानकारी आफूलाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाहरूको सारोकारवालाहरूबिच अर्धवार्षिक पूर्व समीक्षा असार २९ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा अभिलेख गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा हत्या एक,…
कोभिड नियन्त्रणका लागि इन्सेक लगायत सङ्घ संस्थाद्वारा स्थानीय तहको ध्यानाकर्षण
इन्सेक लगायतका सङ्घ संस्थाहरूले कोभिड नियन्त्रण गर्न माग गर्दै जेठ १२ गते जिल्लाका सबै स्थानिय तह र कोभिड सङ्कट व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्रमा नागरिहरूको अवस्था प्रति सजग हुनु पर्ने, अक्सिजनको प्रयाप्त व्यवस्था र तयारी गनुपर्ने , कोभिड सङ्क्रमणसँग मिल्दो जुल्दो लक्षण भएका व्यक्तिहरूमा परीक्षणको दायरा बढाउनु…
बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले ०७७ चैत ३० गते ऐरावती गाँउपालिका – २ का २६ वर्षीय प्रकाश थापालाई १२ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष कैद ५० हजार रूपियाँ क्षतिपुर्ति पीडितलाई भराउने र १ हजार ८ सय रूपियाँ…
जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा चैत ९ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपेक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पु¥याउने उदेश्यले सञ्जाल गठन गरिएको हो…
बलात्कार कसुरमा सात वर्ष कैदको फैसला
३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पुस २६ गते झिमरुक गाँउपालिका – ५ का २८ वर्षीय चन्द्रबहादुर जिसीलाई सात वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सात वर्ष कैद र २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङले बताउनु भयो…