नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ को  प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८० असार १४ गते खंलगामा सम्पन्न भएको छ । सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा २१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू अभिलेख भएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले…

June 30, 2023  
हावाहुरीले विद्यालयको छाना उडाउदा पठनपाठनमा समस्या

गौमुखि गाउँपालिका — ७ धरमपानीस्थित  दोसाध प्रथामिक विद्यालयको छाना हावा हुरीले उडाए पछि विद्यालयको पठनपाठनमा समस्या भएको छ । हावा हुरीले विद्यालयका दुई वटा भवनको छाना उडाएर पूर्ण क्षति भएको र विद्यालयमा पढने बालबालिकालाई सानो सागुरो भवनमा एकै ठाउँमा राखेर पठनपाठन गराउदा समस्या भएको  विद्यालयका शिक्षक नारायण जिसीले बताउनु भयो…

June 9, 2023  
विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा विद्यालयका सुरक्षा गार्ड गिरफ्तार

प्यूठान नगरपालिका– ३ स्थित मुक्ति माविमा अध्यनरत विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका सुरक्षा गार्ड प्यूठान नगरपालिका– १ का ४० वर्षीय टंकबहादुर बस्नेतलाई जेठ १८ गते घरबाट गिरफ्तार गरेको छ । मुक्ति माविमा कक्षा १० मा अध्ययनरत प्यूठान नपा– ४ का १६ वर्षीय बिवेक विक १६ वर्षीय मनिष बिक, प्यूठान…

June 1, 2023  
चालु अवस्थामा रहेको भिडियो एक्सरे मेशिनलाई बिग्रीएको बताएपछि आठ महिनादेखि सेवाग्राही मर्कामा

जिल्ला अस्पताल बिजुवार रहेको भिडियो एक्सरे मेशिन अस्पतालले बिग्रिएको झुटो कारण देखाएका कारण आठ महिनादेखि सेवाग्राही मर्कामा पर्दै आएका छन् । जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने बिरामीहलाई डाक्टरहरूले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन बिग्रिएको भन्दै ढाट्ने र  निजी मेडिकलमा पठाउने गरेकामा उक्त मेशिन नबिग्रिएको खुलासा भएको छ । जिल्ला…

May 14, 2023  
सडक निर्माणले क्षति पुर्‍याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा खानेपानीको समस्या

सडक निर्माणले क्षति पुर्‍याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा दुई महिना देखि  खानेपानीको समस्या भएको छ । प्यूठान नगरपालिका– ५ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा भएको  क्षति मर्मत नहुँदा प्यूठान नपा–२, ३ र ५ का ३ सय ५० घर धुरीमा दुई महिनादेखि खानेपानीको समस्यामा परेका हुन्…

May 9, 2023  
अपाङ्ग मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राही समस्यामा

अपाङ्गता मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राहीलाई  समस्या हुने गरेको अपाङ्गता भएका नागरिकहरूले गुनासो गरेका छन् । सरकारले अपाङ्गता मैत्री भौतिक सङ्रचना निमार्ण गर्ने भनेता पनि जिल्लामा आफूले सेवा लिन जाने क्रममा एउटा पनि सरकारी कार्यालय अपाङ्गता मैत्री भौतिक सङ्चना नभएको प्यूठान नपा– ३ का ३६ वर्षीय दृष्टि विहीन…

April 13, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय  मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय  अनिल नेपाली र ३० वर्षीय मनोज शाहीले चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दिएका…

March 25, 2023  
जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे आठ महिनासम्म मर्मत नहुँदा सोवाग्राहीहरू मार्कामा

जिल्ला अस्पताल बिजुवारमा रहेका भिडियो एक्सरे मेसीन बिग्रीएको आठ महिनासम्म पनि मर्मत नहुँदा सेवाग्राहीहरू मार्कामा परेका छन् । अस्पतालमा रहेको भिडियो एक्सरे मेसीन लामो समयसम्म सञ्चालन नहुदाँ अस्पताल आएका एक्सरे गर्नु पर्ने बिरामीहरू महंगो शुल्कमा  नीजि मेडिकलमा गएर एक्सरे गर्न बाध्य हुदै आएका छन् । पेट दुखेर जिल्ला अस्पताल गएको…

March 15, 2023  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

झिमरुक गाउँपालिका — ५ की ५५ वर्षीया पवित्रा खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ६० वर्षीय छविलाल खनाललाई  फागुन १० गते घरबाट गिरफ्तार गरेको छ । दुबै जनाले फागुन ८ गते  मादक पदार्थ सेवन गरेको र बान्ता गरे पछि पत्नीको मृत्यु भए पछि आरोपितले शव बोरामा राखेर घर नजिकैको…

February 24, 2023  
खानेपानीको व्यवस्था नहुँदा स्थानीयलाई सास्ती

वर्षौदेखि गाँउमा खानेपानीको व्यवस्था नहुँदा झिमरुक गाँउपालिका — ६ तोरवाङ्गका १ सय घर परिवारले सास्ती भोग्दै आएका छन् । तोरवाङ्ग, जनैपोखरा र धनमुढा गाँउका एक सय घर परिवारले बाह्रै महिना ठुलापधेरा कुवाको पानी पिउन बाध्य छन् । गाँउको नजिक कतै पनि पानीका मुलहरू नभएकाले सबै घर परिवार एउटै कुवाको पानी…

February 12, 2023