'लोकतन्त्रमा निर्वाचन अपरिहार्य'-पूर्व आयुक्त प्याकुरेल

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बताएका छन् । पूर्व आयुक्त समाजः राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा जेठ २९ गते जिल्ला सदरमुकाम खलङ्गामा आयोजित स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…

June 12, 2017  
नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकतालाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । माण्डवी गाउँपालिका-१ तिराममा पार्टी कमिटीको बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । गिरफ्तारमा पर्नेहरूमा पार्टी केन्द्रिय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज सुवास बाठामगर, केन्द्रिय सदस्य बन्धु…

June 7, 2017  
क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीद्वारा प्रदर्शन, प्रहरीद्वारा दुई सेल अश्रु ग्याँस प्रहार

प्रहरी हिरासतमा आफन्तको ज्यान गएको घटनाको छानबिन र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले वैशाख २९ गते दिनभर प्रदर्शन गरेका छन् । आफन्तले इलाका प्रहरी कार्यालय भिङ्ग्रीमा ढुङ्गा हान्दा इलाका प्रहरी कार्यालयको झ्यालका सिसा फुटेको र प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर अन्य चार जना प्रदर्शनकारी नै घाइते भएको प्रहरीले जनाएको छ…

May 12, 2017  
कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका 'साइनबोर्ड' फालियो

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो…

April 24, 2017  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई आरोपित बालकले चैत १९ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत २३ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई…

April 6, 2017  
स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको ज्येष्ठ नागरिकहरूको अधिकार विषयक छलफल कार्याक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले जिल्ला स्वास्थ्य कार्यालयबाट पाउने सेवासुविधा अनुसारको ज्येष्ठ नागरिक उपचार कक्ष नभएको र…

March 2, 2017  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जिल्ला कारागार प्यूठानको फागुन १७ गते अनुगमन गरेको छ । जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले अनुगमन गरेको हो । राणाकालमा स्थापना भएको घोडा बाँध्ने तवेलामा अवस्थित 'घ' श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा समस्या भएको…

February 28, 2017  
'स्यालुट' नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप

दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई 'स्यालुट' नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले माघ २५ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । स्यालुट नगरेको आरोपमा डिएसपीले सोही दिन साँझ आफूलाई इलाका प्रहरी कार्यालय बिजुवारमा…

February 9, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हंसपुर-९ की ३३ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति निमबहादुर रेश्मीमगरलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २ गते साँझ कुटपिट गरेको कारण माघ ४ गते मृत्यु भएको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।…

January 19, 2017  
संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश

संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग गर्दै गरिएको आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्यूठानको व्यापारिक केन्द्र बिजुवारबाट निकालिएको लालटिन जुलुश जुम्रीमा पुगेर कोणसभा गरी सम्पन्न गरिएको सङ्घर्ष समितिले जनाएको छ । कोणसभामा बोल्दै एमालेका अध्यक्ष तुल्सीराम…

December 13, 2016