संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश
संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग गर्दै गरिएको आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्यूठानको व्यापारिक केन्द्र बिजुवारबाट निकालिएको लालटिन जुलुश जुम्रीमा पुगेर कोणसभा गरी सम्पन्न गरिएको सङ्घर्ष समितिले जनाएको छ । कोणसभामा बोल्दै एमालेका अध्यक्ष तुल्सीराम…
४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले सरोकारवाला चिन्तित
प्युठान जिल्लामा ४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले गर्दा यहाँका सरोकारवालाले चिन्तित भएको जनाएका छन् । महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक माया श्रेष्ठले जिल्लामा बाल विवाहको अवस्था भयावह रहेको र सो अवस्थालाई अन्त्य गर्नको लागि सन् २०२२ सम्मका लागि महिला तथा बालबालिका कार्यालयले पाँच वर्षीय रणनीतिक योजना तयार…
बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी
प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक १ गते प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले आरोपितद्वयले असोज ३० गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिजुवारमा बहुविवाहको…
घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग
ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ । पीडत परिवारले भदौ ३१ गतेसम्म पनि घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा आफूहरू झन् पीडामा परेको बताउँदै अपराधी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न सरकारसमक्ष माग…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
तोरवाङ गाविस-३ की ३४ वर्षीया गोमा नगरकोटीको हत्या गरेको आरोपमा तोरवाङ गाविस-३ का ३७ वर्षीय पति भुपाल नगरकोटीलाई भदौ १४ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित गोमाको घरमा सुतेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरी भदौ १३ गते राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सई पर्वत केसीले बताए…
पहिरोका कारण प्यूठानका ६५ विद्यालय जोखिममा
वर्षातको समयमा ०७३ साउन १० र ११ गते आएको अविरल वर्षाका कारण प्यूठानका ६५ ओटा विद्यालय जोखिममा रहेको जिल्ला शिक्षा कार्यालय प्यूठानले जनाएको छ । जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका ३ सय ८५ विद्यालयमध्ये नौ ओटा विद्यालय पूर्ण क्षति भएका छन् भने ५५ विद्यालय आशिंक क्षति भएका छन्…