विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गतको जनपरिषद नेपाल जिल्ला समिति प्यूठानले झिमरुक र नौबहिनी गाउँपालिका अध्यक्षलाई पत्रमार्फत राजीनामा दिन धम्की दिएका छन् । गाउँपालिका अध्यक्षको राजीनामा माग गर्दै राजीनामा नदिए जनकारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ । जनपरिषद नेपाल जिल्ला समिति प्यूठानका प्रमुख राजेन्द्र रावत क्षेत्रीद्वारा हस्ताक्षरित उक्त…
राहत पाउन नसकेको द्वन्द्व पीडित परिवारको गुनासो
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् । झविलाल रिजालका २६ वर्षीय छोरा सुशील रिजालले उक्त गुनासो गरेका हुन् । उनले भने-'बावालाई तत्कालीन माओवादीले काका मधु…
सशस्त्र द्वन्द्वका घाउहरू पुरिएका छैनन्ः अध्यक्ष शर्मा
सशस्त्र द्वन्द्वका घाउहरू अझै पुरिन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् । मल्लरानि गाउँपालिका-४ मा निर्माण गरिएको शान्ति स्मारकाको वैशाख २३ गते अनावरण गर्दै आयोगका अध्यक्ष शर्माले सो धारणा व्यक्त गरेका हुन । अनावरण कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष शर्माले अहिले द्वन्द्वका मुद्दा उठान गर्नु भन्दा…
आन्दोलनरकारीद्वारा जिल्ला अस्पातालमा धर्ना, सेवा प्रभावित
चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ । अस्पतालबाट उपलब्ध हुने ओपिडी, एक्सरे र ल्याव परीक्षण सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन् । अस्पतालमा उपचार गराउन आएका…
क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ७६ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुर्यबहादुर पन्तले बताए । महिला र पुरूष बन्दी गृहतर्फएक/एक ओटा हल रहेको कारागारमा सबै जना एउटै हलमा सुत्नु पर्दा ठाउँ अभावमा पालो…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ । बागेश्वरीलाई आरोपितले फागुन ६ गते राति कुटपिट गरी हत्या गरेपछि घरबाट भाग्दै गरेको अवस्थामा प्यूठान नपाको चेरनेटाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले बताए…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई माघ २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकको परिवारले ०७४ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई हिरेन्द्र विष्टले बताए । पीडित बालिकको स्वास्थ्य…
निर्वाचन आचारसंहिता विपरीत सोलार वितरण
माण्डवी गाँउपालिका-५ तिग्रा र प्यूठान नपा-१ को सालघारीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १६ गते निर्वाचन आचारसंहिता विपरीत सोलार बत्ति वितरण गरेको स्थानीयबासीले आरोप लगाएका छन् । माण्डवी गाँउपालिका-५ तिग्राकी स्थानीय कौशिल्या गिरीले भनिन्-'रूखमा भोट हाल्नु भन्दै' वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कर्मचारी एवम् स्थानीय राजन आचार्यले नौ घर परिवारमा सोलार जडान…
मानव अधिकारकर्मी भएकाले निर्वाचन कर्तव्यको क्षेत्र पर्दछः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारकर्मी भएकोले निर्वाचनलाई सम्पन्न गर्ने एउटा कर्तव्यको क्षेत्र पर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर २ गते प्यूठानको खलङ्गामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको समयमा निर्वाचन पहिला, निर्वाचनको समयमा र निर्वाचन पछिको अवस्थामा पर्यवेक्षकले पर्यवेक्षण गर्दा धरै कुरामा…
मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल
मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेकले मानव अधिकार र निर्वाचनका विषयमा जिल्लाको विभिन्न सरोकारवाला निकायसँग भेट गरेको छ । सोही क्रममा…