भूकम्पले भत्किएको भवन निर्माण नगर्दा बालबालिकाहरू खुल्ला चौरमा
झिमरूक गाँउपालिका–४ स्थित लक्ष्मी मावि बागफेदीमा भूकम्पले चर्काएको भवन निर्माण हुन नसक्दा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । ०७२ सालमा गएको भूकम्पले भवन चर्काएपछि कक्षा ९ र १० का विद्यार्थीहरू खुल्ला चौरमा पढ्दै आएका छन् । भूकम्प गएको समयदेखि नै विद्यालयको भवन नभएको काराण खुल्ला चौरमा पठनपाठन गराउँदै आएको…
नगरपालिका प्रमुखमाथि दुर्व्यवहार
स्वर्गद्वारी नगरपालिका प्रमुख स्वर्गद्वारी नपा–४ का ५२ वर्षीय नेत्रबहादुर रोकायलाई पुस २४ गते दिउँसो आफ्नै कार्यालयको योजना शाखामा योजनाबारे छलफल गरिरहेको बेला कार्य कक्षमा पुगी अपरिचित व्यक्तिहरूको समूहले गाडीको मोबिल दल्ने प्रयास गरी दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले बताए । उनका अनुसार तीन जनाको समूहमा आएका अपरिचित…
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । पीडित बालिकालाई आचार्यले गत साउन ६ गते बलात्कार गरेको ठहर गर्दै न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई उक्त सजाय सुनाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५५ वर्षीया माहिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाँउपालिका–४ का २२ वर्षीय शम्भु नेपाली र सोही ठाँउका २६ वर्षीय छविलाल घर्तीलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले पुस १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
नवजात शिशु हत्या आरोपमा आमा गिरफ्तार
नौबहिनी गाउँपालिका–२ की २१ वर्षीया जिमा घर्तीलाई प्रहरीले नवजात शिशु हत्या गरेको अरोपमा मङ्सिर २० गते गिरफ्तार गरेको छ । आरोपित महिलाले मङ्सिर १९ गते शिशुलाई जन्म दिएर घर छेउको खोलामा गाडेको आफन्तले थाहा पाएपछि मङ्सिर २० गते प्रहरीमा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला
२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङसिर ११ गते स्र्वगद्वारी नगरपालिका–९ का ३६ वर्षीय दिपक कामीलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आठ वर्ष कैद र ३० हजार रुपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनायो । पीडित महिलालाई आरोपितले ०७५ साउन…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा मङ्सिर ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०१८ को जनवरिदेखि हालसम्म अभिलेख गरेका बाल अधिकारका आठ, बलात्कारका चार, बलात्कार प्रयासका दुई, कुटपिटका चार, जातीय विभेदको एक,…
शिक्षकमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी दर्ता
झिमरूक गाँउपालिका–८ स्थित जनता माविका शिक्षक ३२ वर्षीय सिद्दिमान जिसीमाथि कुटपिट गरेको आरोपमा सोही ठाँउका वडा अध्यक्ष ३८ वर्षीय तुलस बस्नेतविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । कात्तिक २० गते विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा वडा अध्यक्ष र शिक्षकबीच विवाद हुँदा वडा अध्यक्षले पीडितको…
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुपक्र्षका लागि थुनामा रहेका नौवहिनी गाउँपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई जिल्ला अदालत प्यूठानले कात्तिक १५ गते बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले बलात्कार कसुर नठरिएको र बलात्कार प्रयास…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका– ५ का २४ वर्षीय मोतिलाल घर्तीलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय बाहानेमा उजुरी दिएको प्रहरीले जनायो । पीडितको उजुरी पश्चात अरोपितलाई गिरफ्तार गरी…