अधिकांश स्थानीय तहका विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयन नहुँदा समस्या
नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा जिल्लाका अधिकांश स्थानीय तहका अभिभावकहरूलाई समस्या भएको छ । नेपालको संविधान २०७२ को मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था पाल्पामा कार्यान्वयन भएको देखिँदैन । यस धारामा ‘प्रत्येक नागरिकलाई…
नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै
बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा धमाधम रूपमा पठाउने गरेको अनुमगनका क्रममा पाइएको हो । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा म्याद सकिनै लाग्दा वा म्याद सकिएपछि ती बस्तुहरू बिक्रीका लागि ग्रामीण बजारहरूमा पठाउने गरेको पाइएको…
आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सुत्केरी महिला र शिशु सेवाबाट वञ्चित
बजेट अभावमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि पाल्पाका सुत्केरी महिला र शिशुले पाउने सेवाबाट वञ्चित भएका छन् । तानसेन प्रभाव स्थित लुम्बिनी मेडिकल कलेजमा सञ्चालन हुँदै आएको आमा सुरक्षा कार्यक्रम बजेट अभाव भएको भन्दै ०८१ असार मसान्तबाट पूर्ण रूपमा बन्द भएको छ । नेपाल सरकारले तानसेन नगरपालिकामा बजेट पठाएर नगरपालिकाले…
सचेतना र सावधानीको अभावमा डेङ्गीका बिरामी बढ्दै
सचेतना र उचित सावधानीको अभावमा पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनु भयो । यो वर्ष जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ८९ पुगेको छ । जसमा जिल्लाभित्रका ५० जना र अरु जिल्ला बाहिरबाट…
शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढ्दै
शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या बढी भेटिएको छ । पाल्पाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र बढी कुपोषणका बालबालिका फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले १० स्थानीय तहका ४ हजार ८…
जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या
पाल्पामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । जिल्लामा पाल्पा अस्पताल सहित दुई ओटा ठूला नीजि अस्पताल रहेका छन् । पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अपरेशन लगायतका कार्यमा रगत माग हुने गर्दछ । तर ब्लड बैङ्क नहुँदा बिरामी र आफन्तहरू रगतको खोजीमा धेरै…
पाल्पामा २८ प्रतिशत मुहानको पानीमा इकोली जीवाणु भेटिँदै
पाल्पामा अधिकांश नागरिकहरूले पिउँदै आएका २८ प्रतिशत मुहानको पानीमा ‘इकोली’ जीवाणु भेटिएको छ । जिल्लाका ५२ ओटा खानेपानी योजनाको १ सय १४ ओटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो । तानसेन नगरपालिकामा पाँच ओटा, रामपुर नगरपालिकामा १० ओटा, पूर्वखोला गाउँपालिकामा ६ ओटा,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निस्दी गाउँपालिका-७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…
अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या
पाल्पा अस्पतालको भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । एक सय वर्ष पुरानो जीर्ण भवनबाट पाल्पा अस्पतालको सेवा प्रवाह हुँदै आएको छ । दैनिक ६ सय जनासम्म बिरामी आउने यो अस्पतालको पुननिर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेपछि कार्यान्वयन नहुँदा बजेट फर्कने गरेको हो । विगत…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तिनाउँ गाउँपालिका–१, ठुलीउदाङका २३ वर्षीय हिमाल सोमरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दलबहादुर केसीको असार २७ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला…