शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।…

२०७३ माघ १२, बुधबार २१:२७ गते  
इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए

गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् । इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख…

२०७३ माघ ११, मंगलवार २०:४४ गते  
गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना !

पहिलो चरणमा हरेक किसिमका सिफारिस वा न्यायका लागि गाउँ विकास समितिमा जानुपर्छ । गाविसबाट लिन सक्ने सेवा गाविसबाटै लिन्छ र जिल्लाबाट लिनुपर्ने सेवाका लागि गाविसको सिफारिसपत्र लिएर जिल्लामा पुग्छ । तर, यहाँका एक जना अपाङ्गता भएका व्यक्ति गाविस कार्यालय छेउबाटै अपाङ्गता परिचयपत्रका लागि याचना गरिरहेका छन् । चिदीपानी गाविसको वडा…

२०७३ माघ ८, शनिबार २१:३३ गते  
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले सिद्वेश्वर–४ का ३१ वर्षीय नरबहादुर कुमाललाई बलात्कार प्रयास गरेको ठहर सहित २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको पुस २७ गतेको इजलाशले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार सुवर्ण खनालले बताए । पीडित महिलालाई…

२०७३ पुष २८, बिहीबार १२:०४ गते  
जिल्ला अस्पतालमा बिरामीले पिउने पानी नभएको सेवाग्राहीको गुनासो

तानसेनमा रहेको पाल्पा जिल्ला अस्तापलमा पाँच महिना यता पिउने पानीको अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा पानीको अभाव हुँदा उपचारका लागि आउने बिरामी र बिरामीका कुरुवाले पानी पिउनका लागि अस्पताल बाहिर जानुपरेको बताएका छन् । यसअघि खानेपानी उपभोक्ता समितिले धारा जडान स्थल परिवर्तन गरेपछि धारामा पानी आउन छाडेको…

२०७३ पुष १६, शनिबार २०:०७ गते  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । पुस १३ गते तानसेनमा आयोजित एक कार्यक्रमबाट मानव अधिकार एलाइन्स पाल्पाका अध्यक्ष एवम् पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष भगवान…

२०७३ पुष १४, बिहीबार १९:५० गते  
निगरानी समूहलाई गाविसबाट बजेट विनियोजन

इन्सेकको पहलमा चापपानी गाउँ विकास समितिमा गठित मानव अधिकार निगरानी समूहलाई चापपानी गाविसले चालु आर्थिक वर्ष २०७३/०७४ बाट २० हजार रुपियाँ बिनियोजन गरेको छ । पुस १२ गते सम्पन्न गाउँ परिषद् बैठकले निगरानी समूहका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास तालिम सञ्चालनका लागि सो रकम विनियोजन गरिएको गाविस सचिव तिलकबहादुर बुचाले…

२०७३ पुष १२, मंगलवार २०:२३ गते  
बलात्कार गरेको ठहरसहित ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित मुभुङ्ग-७ पाल्पाका २० वर्षीय करण कार्कीलाई जिल्ला अदालत पाल्पाले पुस ५ गते ८ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको एकल इजलाशले ८ वर्षकैदसहित पीडितलाई १० हजार रुपियाँ भराइदिने गरी फैसला सुनाएको अदालतका स्रेस्तेदार सुवर्ण खनालले बताए । ०७० फागुन २९ गते…

२०७३ पुष ५, मंगलवार १९:४४ गते  
बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४ गते १० वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार सुवर्ण खनालले बताए । गत वर्ष फागुन १० गते पीडित बालिकालाई आरोपितले बलात्कार…

२०७३ पुष ४, सोमबार १९:३७ गते  
भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा

पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०६८ असार १६ गते सम्झौता भई ०७० वैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम तीन पटक म्याद थपिँदासम्म अहिलेसम्म ७० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन…

२०७३ पुष ३, आईतवार १८:४१ गते