जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाल्पा जिल्लामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय बहस तथा सम्वाद बैठक वैशाख २९ गते तानसेनमा सम्पन्न भएको छ । बैठकमा इन्सेकले कार्यक्रम सञ्चालन गरेको साविकका चापपानी र खानीगाउँ गाविसमा मानव अधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र…
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले वैशाख २८ गते स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीको भूमिका विषयमा अर्न्तक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा जिल्ला निर्वाचन कार्यालय पाल्पाकी जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले स्थानीय तह निर्वाचनको लागि कार्यालयको तर्फबाट गर्नुपर्ने तयारी तीव्र…
स्थानीय तह निर्वाचनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी…
जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !
मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ । कार्यालय र शैक्षिक संस्था बन्द भएकै कारण पनि पाल्पा सदरमुकाम तानसेन सुनसान जस्तै थियो । जसको नाममा यो दिवस रहेको छ उसलाई नै यो दिवसले छोएन । विगत १५…
नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू
पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री हुने गरेको बन्दी चौकीदार विष्णुप्रसाद श्रेष्ठले बताए । कारागारमा १ सय भन्दा बढी बन्दीहरूले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई आरोपितलाई…
निगरानी समूहद्वारा अस्पतालमा खानेपानी व्यवस्थापनको माग
इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित मानव अधिकार निगरानी समूहले पाल्पा जिल्ला अस्पतालमा खानेपानीको अभावमा बिरामी प्रभावित भएको भन्दै तत्काल पानीको व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको ध्यानाकर्षण गराएको छ । निगरानी समूहले चैत १३ गते अस्पतालमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख डा. उमाशङ्करप्रसाद चौधरी र अस्पताल विकास समितिका…
स्कूल जाने समय मागेरै बित्छ !
दुई तले टिनको छानो छाएको कच्ची घर । लिपपोत नभएकोले बाहिरैबाट हेर्दा पुरानो जस्तो देखिन्छ । आँगनमा घाँस पलाएको पिँढी र बार्दलीमा मैला अनि पुराना लुगा लथालिङ्ग । त्यो घरमा पुग्दा आँगनको छेउमा एउटा मैलो लुगाएको ११ वर्षीय बालक कुकुरसित खेलिरहेका छन् । उनका बावुआमा पिँढीमै बसिरहेका छन् । न…
निगरानी समूहको पहलमा कारागारमा ल्याण्डलाइन फोन जडान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रम अन्तर्गत पाल्पा जिल्लामा गठन गरिएको जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको पहलमा पाल्पा कारागारमा टेलिफोन जडान गरी सञ्चालनमा आएको छ । निगरानी समूहले फागुन ८ गते प्रमुख जिल्ला अधिकारी बावुराम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारागारका महिला तथा पुरुष बन्दीहरू एउटै ल्याण्डलाइन फोनमा निर्भर…
महिला हिंसा न्यूनीकरण नभएको निष्कर्ष
१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय सहित गठित मूल समारोह समितिको आयोजनामा फागुन २५ गते तानसेन, पाल्पामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्ले र गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज…