यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिनाउँ गाउँपालिका-६ मस्यामका २० वर्षीय सुरेश नेपालीविरूद्ध पीडित परिवारले असोज २३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको छ । आरोपितले भदौ १६ गते बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेको छ । घटनापछि आरोपित फरार रहेकेाले खोजी कार्यलाई तीव्रता…

२०७४ आश्विन २४, मंगलवार १५:२३ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पूर्वखोला गाउँपालिका-५ जोगीढुङ्गाकी ४० वर्षीया सुकमाया परियारलाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति रनवीर दमाईलाई साउन २१ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २० गते राति पत्नीको हत्या गरेको खबर आएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अवधकिशोर ओझाले जानकारी दिए ।…

२०७४ श्रावण २१, शनिबार २०:१७ गते  
दुई महिनादेखि अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

दुई महिनादेखि पाल्पा जिल्ला अस्पतालमा रेबिज विरूद्धको एआरटि भ्याक्सिन नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । जिल्ला अस्पतालमा सो भ्याक्सिन नहुँदा सेवाग्राहीहरू महङ्गो मुल्यमा किनेर लगाउन बाध्य भएका छन् । पाल्पा अस्पतालमा दैनिकजसो २ देखि ५ जनासम्म रेबिजका बिरामीहरू आउने गर्छन् । तानसेन नगरपालिका-५ अर्चलेका बुद्धबहादुर बिष्टले आफूलाई दुई दिनअघि छिमेकीको…

२०७४ श्रावण २०, शुक्रबार २१:४२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले जानकारी दिए । पीडित बालिकाको…

२०७४ श्रावण १६, सोमबार २०:०८ गते  
बन्दका क्रममा बम विष्फोट, जनजीवन प्रभावित

पाल्पा सदरमुकाम तानसेनको भगवतीटोल स्थित आँखा शिविर नजिकै असार २७ गते बिहान बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आह्वान गरेको बन्दको दिन बिहानै भएको विष्फोटको जिम्मा भने हालसम्म कुनै पक्षले नलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्फोटबाट जनधनको क्षति नभएता पनि स्थानीयबासी आतङ्कित…

२०७४ असार २७, मंगलवार १४:३७ गते  
बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला

रिब्दीकोट गाउँपालिका-४ की चार वर्षीया बालिकालाई अप्राकृतिक मैथुन एवम् बलात्कार गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-४ घर भई रिब्दीकोट गाउँपालिका पाल्पामा ज्यालामजदुरी गर्दै आएका १९ वर्षीय शिवकुमार तिवारीलाई १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । असार २६ गते न्यायाधीश भरतमणी खनालको इजलासले उक्त…

२०७४ असार २७, मंगलवार १४:२५ गते  
निर्वाचनको सफलतामा मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण

यही असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने धारणा एक कार्यक्रमका सहभागीहरूले राखेका छन् । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलले असार १२ गते तानसेनमा आयोजना गरेको मानव अधिकारकर्मी र पर्यवेक्षकहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उक्त धारणा राखेका हुन् । कार्यक्रममा मानव…

२०७४ असार १२, सोमबार १६:२४ गते  
पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील

असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ । तानसेन नगरपालिकामा तीन ओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाउँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चार ओटा गरी जम्मा १८ ओटा मतदानस्थल अतिसम्वेदनशील रहेको विश्लेषण गरिएको प्रमुख…

२०७४ असार १०, शनिबार २२:५३ गते  
जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अर्न्तक्रिया कार्यक्रम असार ८ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय पोखराकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेकले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार…

२०७४ असार १०, शनिबार २१:३५ गते  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक असार ८ गते सम्पन्न भएको छ । तानसेनमा सम्पन्न बैठकमा इन्सेक क्षेत्रीय कार्यलयकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले इएलपी परियोजना अन्तर्गत जिल्लामा सञ्चालित कार्यक्रमहरूको प्रगति…

२०७४ असार १०, शनिबार २१:२४ गते