निर्वाचन र मानव अधिकार अनुगमनबारे जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भमा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सदरमुकाम तानसेनमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र नेपाल नागरिक समाजको समन्वयमा भएको कार्यक्रममा पाल्पा जिल्लाका मुख्य निर्वाचन…
पाल्पामा १८ ओटा मतदानस्थल अति सम्वेदनशील
दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पा जिल्लामा १८ ओटा मतदान स्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । बाँकी ४० मतदानस्थल सम्वेदनशील र ६० मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । पाल्पा जिल्लामा १ सय १८ मतदानस्थल र २…
उम्मेदवार पत्नीले पैसा बाँडेको आरोपमा उजुरी
नेपाली काङ्ग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ८ गते आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ । पाल्पा क्षेत्र नं. २ अन्तर्गत वगनासकाली गाउँपालिकाको खानीगाउँ र बराङ्दीमा काङ्ग्रेस उम्मेदवारहरू पत्नीहरूले प्रति व्यक्ति २/२ सय रुपियाँ बाँडेर निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो…
इन्सेकको पहलमा बोटे बालबालिका पुनर्स्थापित भए
इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहको पहलमा अभिभावकको निधनपछि बेसहारा भएका बगनासकाली गाउँपालिका-७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि बालगृहमा पुनःस्थापित भएका छन् । कात्तिक २९ गतेबाट उनीहरू अभियान नेपालले सञ्चालन गरेको सिलोम बाल गृह तानसेन ध्रुवघाटमा बस्न थालेका हुन् । उनीहरूका लागि गास, बास र कपाससहित अध्ययनको ब्यवस्थापन…
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता गिरफ्तार
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता शङ्कर तामाङ (दर्पण) लाई प्रहरीले कात्तिक २९ गते गिरफ्तार गरेको छ । पार्टीनिकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवक पाल्पाका संयोजक समेत रहेका तामाङलाई प्रहरीले तानसेन नगरपालिका वडा नं.-६ लहरेपिपलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी डिल्लीराज पन्तले बताए । बाहिरी जिल्लाहरूमा चुनाव…
गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)
इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि सहयोगी हातहरू अगाडि बढेका छन् । १४ वर्षीया हेमा बोटे र उनका १० वर्षीय भाइ सन्तबीर (बुद्ध) बोटेले कष्टकर रूपमा दैनिकी गुजार्दै आएको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी पाएपछि सोसम्बन्धी समाचार…
बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दैछन् (फोटोसहित)
खरको छानो लगाइएको एकतले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिकले ओताइएको छ । घरको लिपपोत नभएको पनि वर्षौँ भएजस्तो देखिन्छ । पुरानिएको घरले विश्राम लिन खोज्दैछ । त्यही घरमा दुई जना बालबालिकाले आफ्नो कष्टकर दैनिकी गुजार्दै आएका छन् । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङको बोटे गाउँको दृश्य हो यो…
निःशुल्क मुटुरोग परीक्षण शिविर
पाल्पा जिल्ला अस्पतालको मुख्य आयोजना तथा मानव अधिकार निगरानी समूह पाल्पा, लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र महिला बहुउद्धेश्यीय सहकारी संस्था पाल्पाको स्थानीय आयोजनामा कात्तिक ११ गते तानसेनमा एक दिने निःशुल्क मुटु रोग परीक्षण शिविर सम्पन्न भएको छ । पाल्पा जिल्ला अस्पतालमा सञ्चालन गरिएको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.…
बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूहको लागि तीन दिने तालिम असोज २६ गतेबाट तानसेनमा सुरू भएको छ । तालिमको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बालबालिकामार्फत समुदाय स्तरमा धेरै रचनात्मक कार्यक्रमहरू सञ्चालन…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक असोज २६ गते तानसेनमा सम्पन्न भएको छ । बैठकमा इन्सेकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ र वडा नं. ९ चापपानीमा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई…