दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

पाल्पा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक बिरामीको भिडभाड हुने पाल्पा अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि एक जना पनि कार्यरत छैनन । यो अस्पताल विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सक विहीन अवस्थामा रहेको छ । यो अस्पतालमा विशेषज्ञ चिकित्सक दरबन्दीमा मात्र सिमित…

२०८१ आश्विन २१, सोमबार ०९:४० गते  
बलात्कार घटनाका मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई ०८० असार २१ गते बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका-१०, सालघारीका २८ वर्षीय मोहन सारु विरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असोज १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले उक्त फैसला गरेको अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो । आरोपितले पीडित…

२०८१ आश्विन १५, मंगलवार १०:५१ गते  
दशैँ नजिकिँदै गर्दा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण ! (फोटो फिचर)

बगनासकाली गाउँपालिकाले दशैँ नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाले वडाबाटै वितरण गरिरहेको छ । गाउँपालिकाले नेपाल बैङ्क र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट र वडा कार्यालयसम्म पुग्न नसक्ने व्यक्तिहरूलाई घरमै पुगेर भत्ता उपलब्ध गराउँदै…

२०८१ आश्विन १५, मंगलवार ०९:५३ गते  
क्षमता अनुसारको सीप र अवसरको प्रतिक्षामा अपाङ्गता भएका व्यक्तिहरू

२६ वर्ष अघिसम्म बगनासकाली गाउँपालिका–६, यम्घा दर्पुकका ६२ वर्षीय बलिराज बोटे सजिलै हिँड्डुल गर्न सक्नुहन्थ्यो । बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेला उहाँको खुट्टामा काँडा बिझ्यो । त्यो काँडा त उहाँले आफै निकालेर फाल्नुभयो । तर खुट्टाको घाउ पाक्यो । पछि उपचारको क्रममा थप घाउ…

२०८१ आश्विन १४, सोमबार ०८:०२ गते  
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २२ वर्षीय छोरालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश दलबहादुर केसीको ०८१ असोज ८ गतेको इजलासले छोरालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो । पीडित महिलालाई छोराले ०७९…

२०८१ आश्विन ९, बुधबार १८:३२ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन जिल्लाको भरतपुर महानगरपालिका-११ का ६५ वर्षीय मानबहादुर कार्कीलाई जिल्ला अदालतले ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ असोज ८ गतेको इजलासले कार्कीलाई ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला…

२०८१ आश्विन ९, बुधबार १६:५० गते  
इन्सेक अनलाइनको प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाँच र आर्थिक सहयोग

बगनासकाली गाउँपालिका–७, खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको इन्सेक अनलाइनमा फिचर प्रकाशन भएपछि नेत्र रोग विशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै पुगेर उहाँको आँखा परीक्षण गरेका छन् । पाल्पा लायन्स लाकौल आँखा अस्पताल, तानसेनका अध्यक्ष बुद्धिप्रसाद शर्मा, उपाध्यक्ष भिमसेन कार्की सहित अस्पतालमा कार्यरत नेत्ररोग विशेषज्ञहरूको टोली ०८१ असोज ८ गते ज्ञानमतिको…

२०८१ आश्विन ९, बुधबार १६:३३ गते  
जिल्लामा सचेतनाको अभावले बालविवाह बढ्दै

पाल्पामा उचित सचेतनाको अभावमा बालविवाह बढ्दै गएको छ । जिल्लाको दुर्गम निस्दी गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ५३ जोडी बालबालिकाले विवाह गरेका छन् । यसरी बालविवाह गर्नेमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने बालबालिका बढी रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनु भयो । बालविवाह गर्दा पढाइ बीचमा छोडनुपर्ने,…

२०८१ आश्विन ६, आईतवार १९:०७ गते  
बलात्कार गरेको कसुरमा ७ वर्ष २ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेकबहादुर सारुलाई ७ वर्ष २ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ भदौ २५ गतेको इजलासले आरोपितलाई ७ वर्ष २ महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…

२०८१ भाद्र २६, बुधबार १३:३३ गते  
डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी नहुँदा जिल्लाभर फैलिँदै

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जिल्लाभर फैलिएको छ । जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रणका लागि उचित कार्यक्रम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू, स्थानीय तह, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले डेङ्गी नियन्त्रणका लागि उचित अभियान सञ्चालन गर्न नसकेको स्थानीय युवा…

२०८१ भाद्र २५, मंगलवार ०९:१९ गते