बलात्कार गरेको कसुरमा ७ वर्ष २ महिना कैद सजायको फैसला

४६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेकबहादुर सारुलाई ७ वर्ष २ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ भदौ २५ गतेको इजलासले आरोपितलाई ७ वर्ष २ महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…

२०८१ भाद्र २६, बुधबार १३:३३ गते  
डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी नहुँदा जिल्लाभर फैलिँदै

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जिल्लाभर फैलिएको छ । जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रणका लागि उचित कार्यक्रम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू, स्थानीय तह, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले डेङ्गी नियन्त्रणका लागि उचित अभियान सञ्चालन गर्न नसकेको स्थानीय युवा…

२०८१ भाद्र २५, मंगलवार ०९:१९ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बगनासकाली गाउँपालिका–६ का ४१ वर्षीय राजु गिरीलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ साउन ३१ गतेको इजलासले गिरीलाई ६ महिना कैद सजाय, १० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउने…

२०८१ भाद्र १, शनिबार २२:३८ गते  
कृषि सेवा केन्द्रको भवनमा स्वास्थ्य केन्द्र सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या

तानसेन नगरपालिका–७, कुनसरेस्थित आठ वर्षदेखि कृषि सेवा केन्द्रको साँघुरो भवनमा सञ्चालन भइरहेको आधारभुत स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको छ । तानसेन नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ सहित बगनासकाली गाउँपालिकाको वडा नं. १ र २ बाट समेत यहाँ बिरामी आउने गरेका छन्…

२०८१ श्रावण २८, सोमबार १३:३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका–७ का ४३ वर्षीय इन्द्रबिर झेडीलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…

२०८१ श्रावण २४, बिहीबार १४:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ०८१ साउन २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई…

२०८१ श्रावण २४, बिहीबार १४:१९ गते  
इन्सेकको पहलमा पुर्नस्थापित रुपाले नियमित र निःशुल्क उपचार पाउँदै

इन्सेकको पहलमा पुर्नस्थापित २० वर्षीया रुपा बोटेले नियमित र निःशुल्क उपचार सेवा पाउँदै आउनुभएको छ । बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङकी रुपा र उहाँका भाइ बुद्धलाई इन्सेकको पहलमा ०७४ कात्तिक २९ गते तानसेन स्थित सिलोम बालगृहमा पुर्नस्थापित गरिएको थियो । भाइ बुद्धले अहिले सिलोम बालगृहमा बसेर तानसेनस्थित भुसलडाँडा माविमा कक्षा ६…

२०८१ श्रावण २१, सोमबार १६:५७ गते  
अपाङ्गमैत्री विद्यालय नहुँदा चार प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

विद्यालय भवनहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका बालबालिकाहरू अहिले पनि विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । विद्यालय जाने समय उनीहरूले आँगन पिँढीमै बिताउने गरेका छन् । पाल्पामा ४ सय ४० ओटा सामुदायिक विद्यालयमध्ये २ सय विद्यालयका भवनमात्रै अपाङ्गमैत्री रहेको शिक्षा विकास तथा समन्वय इकाई, पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनु भयो ।…

२०८१ श्रावण २०, आईतवार १३:४९ गते  
अधिकांश स्थानीय तहका विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयन नहुँदा समस्या

नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा जिल्लाका अधिकांश स्थानीय तहका अभिभावकहरूलाई समस्या भएको छ । नेपालको संविधान २०७२ को मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था पाल्पामा कार्यान्वयन भएको देखिँदैन । यस धारामा ‘प्रत्येक नागरिकलाई…

२०८१ श्रावण १७, बिहीबार २१:११ गते  
नियमित बजार अनुगमन नहुँदा अखाद्य बस्तुको बिक्री वितरण बढ्दै

बजार अनुगमन कार्य नियमित नहुँदा बजारमा अखाद्य बस्तुको बिक्री वितरण हुने गरेको पाइएको छ । म्याद गुज्रेका जङ्कफुड ग्रामीण बजारहरूमा धमाधम रूपमा पठाउने गरेको अनुमगनका क्रममा पाइएको हो । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनको क्रममा म्याद सकिनै लाग्दा वा म्याद सकिएपछि ती बस्तुहरू बिक्रीका लागि ग्रामीण बजारहरूमा पठाउने गरेको पाइएको…

२०८१ श्रावण १६, बुधबार १२:२४ गते