बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ८ का ३९ वर्षीय उमेश यादवलाई असार १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर स्वरुप शर्माले…
सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु
जिल्लाको सिमावर्ती क्षेत्र सुस्ता नाकामा स्थानीय र प्रहरीबिच भएको विवाद पछि सशस्त्र प्रहरीको गोली प्रहारबाट प्रतापपुर गाँउपालिका – ६ कठहवाका २२ वर्षीय अविनाश राजभरको जेठ ५ गते मृत्यु भएको छ । अविनाश सुस्ता गाउँपालिका–५ बनकट्टी नाकाबाट नेपाल तर्फ प्रवेश गर्ने क्रममा सिमामा खटिएका सशस्त्र प्रहरीसँग विवाद भएको थियो । विवाद…
अस्पतालमा बेडको अभाव हुँदा कोभिड सङ्क्रमितको मृत्यु
अस्पतालमा बेड नपाउँदा रामग्राम नगरपालिका–९ का ३५ वर्षीय कोभिड सङ्क्रमितको मृत्यु वैशाख १४ गते भएको छ । श्वास फेर्न कठिन भएपछि उनलाई वैशाख १३ गते बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा नै सामान्य उपचार सुरू गरिएकोमा उनलाई थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरिएकामा…
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि प्रहरी प्रशासन सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ । कार्यक्रममा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा– १४, डिगोलका २५ वर्षीय समु यादव र २८ वर्षीय छोटु मुशलमानलाई वैशाख १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले चैत ३० गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ डिबरीका २१ वर्षीय सन्दिप यादवलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत २६ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर खुमानन्द…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १३ का नारायण काफ्ले र बर्दघाट नपा–२ का प्रदिप चापागाईलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए । उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–११ मिश्रौलीका २१ विक्रम श्रेष्ठलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडितलालई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १५ गते अप्राकृतिक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते पृथ्वीचन्द्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको डिएसपी राजु लामाले…