निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार
मतदातालाई मतदान नगर्न आग्रह गर्दै निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले असार ८ गते रामग्राम नपा-१० बाट राष्ट्रिय जनता पार्टीका ६ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा रामग्राम नपा-५ का राजपाका केन्द्रीय उपाध्यक्ष ५५ वर्षीय गोविन्द चौधरी, रामग्राम नपा-१ बस्ने राजपाका जिल्ला संयोजक पुरन चौधरी, रामग्राम नपा…
प्रहरी र राजपा कार्यकर्ता झडप, पाँचजना घाइते
नवलपरासीमा असार ३ गते राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबिच झडप हुँदा पाँचजना घाइते भएको राससले जनाएको छ । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना असई रहेका छन् । राजपाले सदरमुकाम परासीमा आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबिच झडप भएको…
राष्ट्रिय जनता पार्टीका कार्यकर्ताद्वारा काङ्ग्रेसको झण्डामा आगजनी
संयुक्त लोकतान्त्रिक थरूहट मोर्चा (राजपा) ले आह्वान गरेको मधेस बन्दको तेस्रो दिन जिल्लाको जनजीवन प्रभावित बनेको छ । सोही क्रममा नेपाली काङ्ग्रेसको तर्फबाट पाल्ही नन्दन गाउँपालिकाका प्रमुख उम्मेदवार राजेन्द्र सहानीको घरमा टाँगेको झण्डा मोर्चाका कार्यकर्ताहरूले निकालेर जलाएको नेपाली काङ्ग्रेसले जनाएको छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति नगन्य रूपमा रहेको छ…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वरा जेठ २९ गते नवपरासीको जिल्ला सदरमुकाम परासीमा मानव अधिकार र निर्वाचन विषयक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रको मेरूदण्ड भनेको निर्वाचन भएको बताउँदै त्यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । आफ्ना असन्तुष्टि र मागहरू निर्वाचनको प्रक्रियाबाट…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सदरमुकाम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले घटना विवरणको सुद्धासुद्धिमा अत्यन्तै चनाखो हुनुपर्ने भन्दै ग्रामीण भेगका ज्यादतीका घटनालाईसमेत उजागर गर्न आग्रह गरेका थिए । उनीहरूले सत्य र तथ्यलाई…
सङ्घीय गठबन्धनद्वारा निर्वाचन अधिकृतको कार्यलय घेराउ
रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन् । जेठ १७ गते गठबन्धनका कार्यकर्ताहरूले आफ्ना कुनै पनि माग पुरा नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै सोको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-७ का २७ वर्षीय सुनिल शर्मा बढईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र अस्पताल परासीमा सोही दिन गरिएको…
छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार
कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा भिमकला अर्याललाई जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपित तुलसीप्रसाद र सौतेनी आमा भिमकला अर्यालले जेठ ३ गते रविनाको हत्या गरेको आरोपमा उनकी दिदी मनिता अर्यालले जेठ ६ गते…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार
देवचुली नपा-२ घर भई सि.जि. कम्पनी दिव्यपुरीमा कार्यरत नेपाल क्रान्तिकारी औद्योगिक मजदुर यूनियनका अध्यक्ष महेश आचार्यलाई वैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय निर्वाचन विरोधी गतिविधि गर्न सक्ने आशंकामा आचार्यलाई गिरफ्तार गरि हिरासतमा राखिएका आचार्यलाई मतगणनाको लगत्तै रिहा गर्ने जानकारी जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
चुनाव नजिकिदै जाँदा बम आतङ्क
नवलपरासीको चार नम्बर प्रदेशमा पर्ने चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचन मिति नजिकिदैँ जाँदा ठाउँठाउँमा विस्फोटका घटना भएका छन् । यसै क्रममा वैशाख २८ गते कावासोती नगरपालिकाका नेपाली काङ्ग्रेसकाबाट प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलको घर अगाडि सकेट बम फेला परेकोमा नेपाली सेनाको बज्रदल गण गैँडाकोटको टोलीले डिस्पोज गरेको छ । त्यसैगरी…