चुनाव नजिकिदै जाँदा बम आतङ्क

नवलपरासीको चार नम्बर प्रदेशमा पर्ने चार नगरपालिका र चार गाउँपालिकाको निर्वाचन मिति नजिकिदैँ जाँदा ठाउँठाउँमा विस्फोटका घटना भएका छन् । यसै क्रममा वैशाख २८ गते कावासोती नगरपालिकाका नेपाली काङ्ग्रेसकाबाट प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलको घर अगाडि सकेट बम फेला परेकोमा नेपाली सेनाको बज्रदल गण गैँडाकोटको टोलीले डिस्पोज गरेको छ । त्यसैगरी…

नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता गिरफ्तार

निर्वाचनको गतिविधिमा असर पारेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बर्दघाट नपा-४ बर्दघाट घर भएका नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सदस्य रमेश बस्याल गैँडाकोट नपा-९ थुम्सी निवासी ४० वर्षीय नन्दराम सापकोटा र पाल्पा जिल्ला रैनादेवि छहरा गाउँपालिका-४ निवासी ३० वर्षीय सुमन…

आचारसंहिता मिच्दै चुनाव प्रचार

नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएको राससले जनाएको छ । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा सञ्चालन गरेका हुन् । प्रदेश नं ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-१६ का २० वर्षीय अरूण पासीलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…

मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आसन्न निर्वाचन बहिष्कारको आह्वान गर्दै वैशाख ३ गते निर्वाचन कार्यालय घेराउ गरेका छन् । मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वमा पुगेको टोलीले एक घण्टा नाराबाजी गर्दै जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् । सो अवसरमा मोर्चाका कार्यकर्ताहरूले स्थानीय निर्वाचन बहिष्कार गरौँ, निर्वाचन कार्यक्रम बन्द गर लगायतका नारा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय नवलपुरमा वैशाख २ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते नै जिल्ला…

हत्या गरिएको अस्थामा महिलाको शव फेला

सुनवल नपा-११ की ४८ वर्षीया देउमाया बिक चैत १ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरिएको अवस्थामा सोही वडाको जर्घास्थित जङ्गलमा चैत ४ गते फेला परेको छ । शरीरमा विभिन्न खालका चोटहरू रहेको र स्याउलाले पुरेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोख्रेलले जानकारी दिए । उनको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार  

पक्लीहवा गाविस-९ सखरद्वीकी ३० वर्षीया मदेरु मुसहरलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति निरुदेव मुसहरलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितको शरीरमा आरोपितले फागुन ७ गते मटीतेल खन्याई आगो लगाएर घाइते बनाएपछि पीडितको रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा फागुन ८ गते मृत्यु भएको भन्दै…

सिमापार गराउँदै गरेको अवस्थामा दुई जनाको उद्धार, आरोपित गिरफ्तार

सर्लाहीका १७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले महेशपुर नाकाबाट माघ २४ गते उद्धार गरेको जनाएको छ । ती दुवै जना पीडितलाई बेचबिखनका लागि भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले माइती नेपालको सहयोगमा १७ वर्षीय बालक र रजहर गाविस-१ स्थित विके इट्टा भट्टामा काम गर्ने…

बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ । वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्‍याई विक्री गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले आफूलाई विक्री गरी…