पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दघाट नपा–४ की २१ वर्षीया कमला चौधरीको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति सुनिल चौधरीलाई पुस १९ गते गिरफ्तार गरेको छ । पतिपत्नी दुवै जना पुस ४ गते जङ्गलमा घाँस दाउराको लागि गएका थिए । सोही अवस्थामा पत्नी हराएको भन्दै खोज्नको लागि सुनिलले गाउँलेलाई बोलाएर खोज्नसमेत हिँडेका थिए ।…

२०७५ पुष २१, शनिबार १८:०६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाँउपालिका–२ का २८ वर्षीय सैरभ दुवेलाई पुस १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य…

२०७५ पुष १४, शनिबार १२:२८ गते  
हत्या घटनाका आरोपित पति र जेठाजु गिरफ्तार

रामग्राम नगरपालिका-४ केरवानीकी २० वर्षीया अनिषा यादवको हत्या गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय ऋषिकेश यादव र जेठाजु ३४ वर्षीय पदुम यादवलाई  पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस ७ गते घरमै हत्या गरेको भन्दै मृतकका बुवा ४१ वर्षीय राजेन्द्र अहिरले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

२०७५ पुष १०, मंगलवार १२:१० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महराजगञ्ज जिल्लाका २० वर्षीय मिठुकुमार हरिजनलाई पुस  २ गते गिरफ्तार गरेको छ  । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते नै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा…

२०७५ पुष २, सोमबार १९:४३ गते  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

२६ र २७ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा नेपाल प्रहरीले गैँडाकोट नपा–१७ की २३ वर्षीया निशा बोटे र बर्दघाट नपा–६ का ३० वर्षीय जीवन बिकलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद…

२०७५ पुष २, सोमबार १९:४२ गते  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३० वर्षीय लक्ष्य दर्जीलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर नाकाबाट उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

२०७५ मंसिर २५, मंगलवार १९:४४ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका–५ का २५ वर्षीय रवि चमार मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । पीडित युवतीको स्वास्थ्य…

२०७५ मंसिर १४, शुक्रबार २१:२८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले इन्सेकले ग्रामीण भेगमा महिला र बालबालिका विरूद्ध हुने यौनजन्य हिंसा, बोक्सी प्रथा, मानव बलि प्रथा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्नुपर्नेमा…

२०७५ मंसिर ५, बुधबार १०:१२ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद सजाय

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कात्तिक २८ गते रामग्राम नपा–१७ फुलवरियाका २० वर्षीय विजय थारू केवटलाई २ वर्ष ६ महिना कैदको सजाय र २० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत आदेश भएको छ । पीडितलाई केवटले २०७४ चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै चैत २५ गते…

२०७५ कार्तिक २९, बिहीबार २०:१७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक १४ गते सरावल गाँउपालिका–५ का २२ वर्षीय प्रदिप राजभरलाई प्रहरी गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र गुरूङले बताए…

२०७५ कार्तिक १७, शनिबार ०७:२९ गते