प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रामग्राम नपा–१० का ६२ वर्षीय कमालुदिन मुसलमानलाई प्रहरीले असार २९ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालतले आरोपितलाई ४० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिए लगत्तै प्रहरीले अदालत परिसरबाट गिरफ्तार गरेको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६, तिलकनाका २६ वर्षीय रामु कार्कीलाई असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष कपिलवस्तु जिल्ला शिवराज नपा–१ की २२ वर्षीया शारदा भण्डारीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ । अरोपितलाई सरावल गाउँपालिका–१ बासाबसहीबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए ।
नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितको आरोप
सरावल गाउँपालिका–६, नौडिहवा निवासी ६३ वर्षीय तुफानी चौधरीलाई सोही ठाउँमा रहेको प्रहरी चौकीका इन्चार्ज असई रामसिंह क्षेत्री र प्रहरी हवलदार तइमुल्लाह धोवीले गिरफ्तार गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा घाउ जाँचको माग गर्दै पीडित पक्षले उजुरी दिएका छन् । निज चौधरीलाई छिमेकी कोइली चमार र रामग्राम नपा–२ बस्ने सोहनप्रसाद…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ११ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले धम्की/कुटपिटका तीन ओटा, गिरफ्तारीका ६ ओटा, बाल अधिकार उल्लङ्घनका १५ ओटा, महिला बलात्कारका सात ओटा, बहुविवाहका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का ६० वर्षीय एकबाल खाँलाई जेठ ३२ गते गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ । पीडित युवतीलाई आरोपितले जेठ ३१ गते २३ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ का ५१ वर्षीय विजु तेलीलाई जेठ २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले जेठ २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको…
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठनका जिल्ला अध्यक्ष बर्दघाट नपा–९ भुताहाका ३४ वर्षीय कृष्ण गिरीलाई प्रहरीले जेठ २९ गते घरैबाट गिरफ्तार गरेको छ । जिल्लामा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्कामा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र थापाले बताए । गिरी राजा महात्मापूर्ण भद्र माविका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा - १६ का २० वर्षीय विमलेश भनिने राजेश मल्लाहलाई जेठ २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पश्चात गिरफ्तार…
धरौटीमा रिहा गरेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पुनः गिरफ्तार
जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बर्दघाट नपा–४ का ३८ वर्षीय रमेश बस्याललाई प्रहरीले जेठ १३ गते अदालत परिसरबाट पुनः गिरफ्तार गरेको छ । प्रहरीले आरोपितलाई वैशाख १ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले ४० हजार रुपियाँ धरौटीमा रिहा गरे लगत्तै गिरफ्तार गरेको हो…