बेपत्ता परिवारलाई घरैमा पुगेर सम्मान

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेक, मानव अधिकार सञ्जाललगायत अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले भदौ १४ गते बेपत्ता पारिएका परिवारलाई घरैमा पुगेर सम्मान गरेका छन् । आफन्त गुमाएर वर्षौदेखि पीडामा रहेका परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र पीडित परिवारलाई सम्मानको वातावरण सिर्जना गर्न घोराही नपा-२ पचुर्खामा बेपत्ता…

२०७३ भाद्र १५, बुधबार ०३:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विजौरी गाविस-९ छिल्लीकोटका ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ । असार ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको उजुरीका आधारमा आरोपित पुनलाई लमही नपा-१ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए । पीडित महिलालाई असार ८…

२०७३ भाद्र १४, मंगलवार १६:५९ गते  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ । अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी विकले हत्या गरी झोलामा घरभित्र लुकाएर उपचारका लागि राप्ती अञ्चल अस्पताल पुगेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरीका…

२०७३ भाद्र ९, बिहीबार १५:३४ गते  
बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार

बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले भदौ ६ गते घोराहीबाट गिरफ्तार गरेको छ । ३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार गरेको घटनामा संलग्न भई घटनापछि फरार भएका चौधरीलाई दुई वर्षछि प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला अदालतले दुर्गा चौधरीलगायत चार…

२०७३ भाद्र ९, बिहीबार १५:३३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर गाविस-९ रातामाटाका १८ वर्षीय विपाली विकलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित विकले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा साउन…

२०७३ भाद्र २, बिहीबार १५:३५ गते  
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले जाङ गाविस-७ का ३३ वर्षीय लालबहादुर बोहरालाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश चुरामन खड्काको इजलासले साउन २५ गते बोहरालाई दोषी ठहर गर्दै पाँच वर्षकैद र १५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने आदेश दिएको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए…

२०७३ श्रावण २६, बुधबार ११:०१ गते  
बलात्कार घटनाका आरोपित बालकलाई दुई महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप…

२०७३ श्रावण २५, मंगलवार ०८:४९ गते  
हत्या आरोपमा भतिजासहित छिमेकी गिरफ्तार

सतवरिया गाविस-८ की २८ वर्षीया बालिका चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको भतिजा नाता पर्ने ३२ वर्षीय सिताराम चौधरी र छिमेकी २७ वर्षीय श्रवण चौधरीलाई साउन ६ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएका आरोपितलाई साउन ७ गते प्रहरीले घोराहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आपसी मतभेद…

२०७३ श्रावण ७, शुक्रबार ०७:४३ गते