इन्सेकद्वारा दाङ कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दाङको मानव अधिकारको अवस्थाबारे पुस ५ गते जिल्ला कारागारसहित विभिन्न सरकारी निकायको अनुगमन तथा भेटघाट गरेको छ । इन्सेक केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा जिल्ला प्रतिनिधिसहितको टोलीले जिल्ला कारागारको अनुगमन, प्रहरी तथा महिला बालबालिका कार्यालयमा पुगेर जिल्लाको मानव अधिकारको अवस्था कैदीबन्दीको अवस्थाका बारे जानकारी लिएको…

२०७३ पुष ५, मंगलवार २१:४९ गते  
बलात्कारपछि हत्या गरेको कसुरमा ६ महिना कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालत दाङले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले पुस ४ गते बलात्कार गरी हत्या गरेको ठहर गर्दै ६ महिना कैद र बलात्कारको घटना थाहा पाउँदा पनि अभिभावकलाई नभनी दिएको…

२०७३ पुष ५, मंगलवार २०:२४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई एकवर्षदेखि लगातार बलात्कार गरेको आरोपमा ३८ वर्षीय बावुलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ साउनदेखि लगातार ०७३ कार्तिकसम्म बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उक्त कुरा आमालाई भनेको भन्दै आरोपितले पीडित…

२०७३ पुष ३, आईतवार २०:२७ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले जिसीलाई दोषी ठहर गर्दै मङ्सिर ३० गते पाँच वर्षकैद गर्ने फैसला गरेको हो । मानसिक सन्तुलनमा कमजोरी भई हिँडिरहेकी पीडित…

२०७३ मंसिर ३०, बिहीबार २१:१५ गते  
बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु…

२०७३ मंसिर ३०, बिहीबार ०७:०६ गते  
भदाको हत्या गरेको कसुरमा फूपुलाई जन्म कैदको फैसला

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर २७ गते खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । खत्रीले धारिलो हतियार प्रहार गरी…

२०७३ मंसिर २७, सोमबार १४:०९ गते  
सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

मुक्त कमलरी विकास मञ्चले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै आफ्ना माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालय घोराहीमा मङ्सिर २३ गते पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले साँढे ३ वर्षबितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारलाई मुक्त कमलरीको मागप्रति गम्भीर हुन…

२०७३ मंसिर २४, शुक्रबार ००:५३ गते  
दाङ बन्दले जनजीवन प्रभावित

संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड र घोराही-तुलसीपुर तथा अमेलिया-सल्यान राप्ती राजमार्गमा ठाउँ ठाउँमा अवरोध सिर्जना गरी सार्वजनिक यातायात ठप्प पारेका थिए । बन्दकै कारण जिल्लाका…

२०७३ मंसिर २२, बुधबार १५:१८ गते  
घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित

घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ । मङ्सिर २० गते कार्यालयमै एक कार्यक्रम गरी घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले अभिभावकलाई बोलाएर उनका बालबालिका र जनही १५ हजार रुपियाँका दरले आर्थिक…

२०७३ मंसिर २०, सोमबार १७:०२ गते  
गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार

त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा बस्दै आएकी थापालाई रा २ प १२८७ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी…

२०७३ मंसिर १९, आईतवार १६:१७ गते