शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालना गरौः आयुक्त खनाल

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आचारसंहिताको अक्षरशः पालनाका लागि सबैपक्षलाई आग्रह गरेका छन् । असार ७ गते निर्वाचन अनुगमनका लागि दाङ आइपुगेका पौडेलले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूसंग छलफल गर्दै निर्वाचन आचारसंहिता पालना भएनभएको गम्भीरताका साथ अनुगमनसमेत गर्न निर्देशन दिए ।…

२०७४ असार ७, बुधबार २२:५२ गते  
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन समन्वय समिति गठन

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन असार ६ गते प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा जिल्ला निर्वाचन सञ्चालन, व्यवस्थापन सहयोग तथा समन्वय समिति गठन गरिएको छ । घोराहीमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासङ्घका…

२०७४ असार ६, मंगलवार २१:५० गते  
कार्यक्रमको प्रभावकारिता विषयक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिसँग कार्यक्रमको प्रभावकारिता विषयक समीक्षा कार्यक्रम असार ५ गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि गरिएका गतिविधिहरूको समीक्षा गरिएको थियो । इएलपी कार्यक्रमको प्रभावकारिताको…

२०७४ असार ५, सोमबार २१:५८ गते  
निर्वाचन शिक्षा सामग्री लुटेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन सामग्री लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य ३० वर्षीय जनक बिकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए । असार ३ गते शान्तिनगर गाउँपालिका-३ भलानेटीमा मतदाता…

२०७४ असार ३, शनिबार २१:५६ गते  
वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग

राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । पीडित वलीलाई जेठ ३० गते राष्ट्रिय अनुसन्धान प्रहरीका असई ३७ वर्षीय लालबहादुर खड्काले उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा जेठ ३१…

२०७४ असार २, शुक्रबार २१:३१ गते  
निर्वाचन आचारसंहिताको पालना गर्न निगरानी समूहको आग्रह

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह दाङले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित निगरानी समूहको जेठ २९ गते घोराहीमा बसेको बैठकले असार १४ गते गर्न लागिएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा दलहरूबिीचमै साङ्घातिक आक्रमण, तोडफोड, धम्कीजस्ता गतिविधि भइरहेकाले निर्वाचन…

२०७४ जेष्ठ ३०, मंगलवार १३:४२ गते  
सरकारी सेवाबारे सेवाग्राहीलाई जानकारी

स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीहरूलाई जानकारी दिइएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत जेठ २७ गते घोराहीमा भएको सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा गाविसस्तरीय मानव अधिकार निगरानी…

२०७४ जेष्ठ २७, शनिबार २०:५७ गते  
नयाँशक्तिका कार्यकर्तामाथि वाइसिएलका कार्यकर्ताद्वारा आक्रमण

राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ता ३२ वर्षीय जीवलाल न्यौपानेलाई वाइसिएलका राप्ती गाउँपालिका इञ्चार्ज दीपक पुनले जेठ २३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । भालुवाङ राप्ती पुल नजिकै हिँडिरहेका बेला आरोपित पुनले एकाएक कुटपिट गर्दा पीडित न्यौपानेको मुखमा गम्भीर चोट लागेको छ । घाइते न्यौपानेको…

२०७४ जेष्ठ २४, बुधबार २२:०० गते  
माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारलाई कुटपिट

मतदातालाई पैसा बाँडेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले दाङको राप्ती गाउँपालिकाका नयाँ शक्ति पार्टी नेपालबाट अध्यक्ष पदका उम्मेदवार ५३ वर्षीय नन्दकुमार चौधरी र सो पार्टीका राप्ती गाउँपालिका संयोजक ४६ वर्षीय होमप्रसाद शर्मालाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । जेठ २२ गते चुनावी घरदैलो सकेर घर फर्कने क्रममा बिरामी मामा…

२०७४ जेष्ठ २३, मंगलवार २१:४५ गते  
९० प्रतिशत द्वन्द्वपीडितद्वारा कारबाहीको मागः सदस्य सुवेदी

सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको छानबिनकालागि प्रदेश नं. ५ को मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरेको छ । आयोगका सदस्य श्रीकृष्ण सुवेदीले उच्च अदालत तुलसीपुरको सरकारी वकिल कार्यालयमै मुकाम कार्यालय स्थापना गरिएको बताए । आयोगले जेठ २१ गते नै पाँच नम्वर प्रदेशका कुल १५ हजार उजुरीमध्ये १ हजार ५ वटा…

२०७४ जेष्ठ २१, आईतवार २१:१२ गते