परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक भदौ ११ गते घोराहीमा सम्पन्न भयो । परियोजना सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । समितिका संयोजक नेपालीले परियोजनालाई परिणाममूखी…

२०७४ भाद्र १२, सोमबार १२:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न सोही ठाउँका २३ वर्षीय सुनील बस्नेत भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले साउन २९ गते प्रहरी चौकी…

२०७४ श्रावण ३२, बुधबार २०:५७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा साउन ३०…

२०७४ श्रावण ३२, बुधबार १३:१६ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

लमही नगरपालिका-४ की ३० वर्षीया विमला बिकलाई कथित बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले एकै घरका तीनजनालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बोक्सी लगाएर छोरा बिरामी गराइदिएको आरोप लगाउँदै साउन १७ गते लमही नगरपालिका-४ का ४० वर्षीय कृष्णबहादुर बिक, उनकी ३५ वर्षीया पत्नी केशरी…

२०७४ श्रावण १८, बुधबार २०:३३ गते  
छुट मुक्त कमैयाको लगत तत्काल लिन माग

दाङका मुक्त कमैयाहरूले १८ औँ मुक्ति दिवसका अवसरमा र्‍याली निकालेका छन् । जिल्ला भरबाट सदरमुकाम घोराही आइपुगेका मुक्त कमैयाहरूले विभिन्न माग लेखिएका प्ले कार्डसहित घोराही बजार परिक्रमा गरे । मुक्ति दिवस मनाउन आएका उनीहरूले मुक्ति पाएको १७ वर्षपुरा हुँदा पनि मुक्तिको महसुस गर्न नपाएको गुनासो गरे । 'खान लगाउनेमात्रै होइन…

२०७४ श्रावण २, सोमबार २१:५५ गते  
उम्मेदवारको घरमा 'नक्कली बम', प्रहरीले राति नै हटायो

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको 'नक्कली बम' प्रहरीले हटाएको छ । असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको सल्यान रोडमा रहेको घर अगाडि राखिएको नक्कली बम प्रहरीले १३ गते बिहान एक बजे हटाएको हो । त्यस्तै नेकपा माओवादी…

२०७४ असार १३, मंगलवार २०:१५ गते  
निर्वाचन आचारसंहिता विपरीत गृहमन्त्रीद्वारा चुनावी सभामा सम्बोधन

सुरक्षा अनुगमनका लागि दाङ आएका गृहमन्त्री जनार्दन शर्माले असार ११ गते आचारसंहिता विपरीत नेकपा माओवादी केन्द्रद्वारा आयोजित चुनावी सभामा भाग लिएका छन् । उनले राप्ती गाउँपालिका-१ भालुवाङ, लमही नपा-२ सुनडवरी, गढवा गाउँपालिका-१ गढवा र घारोही उमनपा-१० नारायणपुरमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा पुगेर माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे…

२०७४ असार ११, आईतवार २१:१२ गते  
चुनावी प्रचारमा प्रयोग गरिएका जीपमा नेकपाका कार्यकर्ताद्वारा तोडफोड

चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले चुनावी प्रचारमा प्रयोग गरी पार्किङ गरी राखेका चार ओटा जीपमा ढुङ्गा प्रहार गरी सो पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको प्रहरीले बताएको…

२०७४ असार ८, बिहीबार २२:०१ गते  
शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालना गरौः आयुक्त खनाल

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आचारसंहिताको अक्षरशः पालनाका लागि सबैपक्षलाई आग्रह गरेका छन् । असार ७ गते निर्वाचन अनुगमनका लागि दाङ आइपुगेका पौडेलले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूसंग छलफल गर्दै निर्वाचन आचारसंहिता पालना भएनभएको गम्भीरताका साथ अनुगमनसमेत गर्न निर्देशन दिए ।…

२०७४ असार ७, बुधबार २२:५२ गते  
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन समन्वय समिति गठन

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन असार ६ गते प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा जिल्ला निर्वाचन सञ्चालन, व्यवस्थापन सहयोग तथा समन्वय समिति गठन गरिएको छ । घोराहीमा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासङ्घका…

२०७४ असार ६, मंगलवार २१:५० गते