बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश, बलरामपुर घर भइ हाल घोराही उपमहानगरपालिका–१७ बस्ने ४४ वर्षीय दीन नाथलाई प्रहरीले ०८१ जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ४५ वर्षीय कमलबहादुर ओलीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८१ जेठ २२ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला…
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः उच्च मातृ मृत्युदर हुने क्षेत्रमा सामुदायिक नर्सिङ
लुम्बिनी प्रदेश सरकारले प्रदेशका उच्च मातृ मृत्युदर भएका क्षेत्रमा सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको छ । आधारभूत उपचार सेवा नपाउने अवस्था अहिले पनि लुम्बिनीका दुर्गम क्षेत्रमा रहेको भन्दै उच्च मातृ मृत्युदर हुने त्यस्ता क्षेत्रमा सामुदायिक नर्सिङ परिचालन गरेर 'आमा बचाउ' अभियान सञ्चालन गर्ने नीति ल्याएको हो । प्रदेश…
शिक्षा, स्वास्थ्य र रोजगार प्रदेशको प्राथमिकतामा रहेको छः मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा, स्वास्थ्य र रोजगार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । इन्सेक र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा ०८१ जेठ २१ गते भालुवाङमा आयोजित मानव अधिकार राष्ट्रिय कार्ययोजना र यसको कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा उहाँले बताउनुभएको हो । मुख्यमन्त्री महराले आफूहरूले मौलिक…
गुठीपीडित किसानको आन्दोलनमा अश्रुग्याँस प्रहार हुँदा १२ जना घाइते (फोटो फिचर)
मोही हक कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका दाङका किसानहरूमाथि ०८१ जेठ २० गते प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गर्दा १२ जना आन्दोलनकारी घाइते भएका छन् । नेपाल सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै गुठीपीडित किसानहरूले जेठ २० गते घोराहीस्थित जिल्ला मालपोत, नापी र भूमिसुधार कार्यालयमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले १०…
बलात्कार गरेको कसुरमा ६/६ महिना कैद सजायको फैसला
सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दुई जना १० वर्षीय बालकलाई ६/६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १८ गतेको इजलासले कसुर ठहर गर्दै ६/६ महिना कैद सजाय र ५०/५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१३ का ३७ वर्षीय आमोद नेपालीलाई ७ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १७ गतेको इजलासले कसुर ठहर गर्दै ७ वर्ष ३ महिना कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ४० हजार रुपियाँ…
बालविवाह गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
घोरही उपमहानगरपालिका-५ की १६ वर्षीया बालिकालाई बालविवाहको कसुरमा जिल्ला अदालतले सोही ठाउँका २४ वर्षीय दुर्गा नेपालीलाई तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १७ गतेको इजलासले कसुर ठहर गर्दै तीन महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र ८ सय रुपियाँ पीडित राहत कोषमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-२ का ३४ वर्षीय शिवकुमार कुर्मीलाई प्रहरीले ०८१ जेठ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको…
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा गिरफ्तार
राजपुर गाउँपालिका-५ का वडाध्यक्ष ४२ वर्षीय टङ्कबहादुर विष्टलाई हातपात गरी हत्या प्रयास गरेको आरोपमा आफूलाई साधुबाबा बताउने राजपुर गाउँपालिका-६ का २० वर्षीय विजय नेपालीलाई प्रहरीले ०८१ जेठ ८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर कालिका कार्कीका अनुसार राजपुर गाउँपालिका-५ को कार्यकक्षमा सामान्य विवाद हुँदा आरोपितले हातपात…