बलात्कार घटनाका आरोपित गिरफ्तार
एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी प्रकाशराज शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण…
नौ वर्षपछि मोही बाँडफाँड आवेदन खुला, मोही उत्साहित
दोहोरो भूस्वामित्वको अन्त्यका लागि सरकारले नौ वर्षपछि मोहीलाई जग्गा बाँडफाँडका लागि निवेदन आह्वान गरेपछि दाङ जिल्लाका मोही उत्साहित भएका छन् । नयाँ सूचनाका आधारमा जिल्ला भूमिसुधार कार्यालय दाङले असोज ७ गते घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका मोहीहरूलाई जग्गा बाँडफाँडका लागि निवेदन दिन आह्वान गरेपछि मोही उत्साहित भएका हुन् ।…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको…
ठाउँ अभावमा जिल्ला कारागारका कैदीबन्दी त्रिपालमुनी बस्न बाध्य
जिल्ला कारागार घोराहीमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्ने ठाउँको अभाव भएको छ । बस्ने र सुत्ने ठाउँको अभाव भएपछि कैदीबन्दीलाई त्रिपालमुनि बसाल्नुपर्ने बाध्यता भएको निमित्त जेलर निमानन्द रिजालले जानकारी दिए । कारागारमा ५० जना बस्ने क्षमता रहेकोमा हाल १ सय ७६ जना कैदीबन्दी बस्दै आएका छन् । 'कारागारमा कैदीबन्दी…
बलात्कार घटनाका दोषी पाँच वर्षपछि गिरफ्तार
१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०६८ असार १८ गते बलात्कार गरी फरार भएका विकलाई दाङ जिल्ला अदालतले ०६९ जेठ १४ गते घटनामा दोषी ठहर गर्दै आठ वर्ष कैद र…
बलात्कार गरेको ठहरमा १० वर्षकैदको फैसला
आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले बागमारे गाविस-६ घरभई तुलसीपुर नपा-५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई १० वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले भदौ १५ गते कर्णलाई दोषी ठहरगर्दै जेल सजाय गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई असार १५…
बलात्कार घटनामा दोषी ठहर गर्दै तीन महिना कैदको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लक्ष्मीपुर गाविस-९ का १५ वर्षीय एक बालकलाई दाङ जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले भदौ १५ गते अभियोग ठहर गर्दै घटनामा संलग्न व्यक्ति बालक भएकाले तीन महिनासम्म अदालतको तहसील शाखामा प्रत्येक शुक्रबार तारेखमा…
बेपत्ता परिवारलाई घरैमा पुगेर सम्मान
बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेक, मानव अधिकार सञ्जाललगायत अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले भदौ १४ गते बेपत्ता पारिएका परिवारलाई घरैमा पुगेर सम्मान गरेका छन् । आफन्त गुमाएर वर्षौदेखि पीडामा रहेका परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र पीडित परिवारलाई सम्मानको वातावरण सिर्जना गर्न घोराही नपा-२ पचुर्खामा बेपत्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विजौरी गाविस-९ छिल्लीकोटका ३३ वर्षीय धनबहादुर पुनलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको छ । असार ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा परेको उजुरीका आधारमा आरोपित पुनलाई लमही नपा-१ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले बताए । पीडित महिलालाई असार ८…
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ । अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी विकले हत्या गरी झोलामा घरभित्र लुकाएर उपचारका लागि राप्ती अञ्चल अस्पताल पुगेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरीका…