बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ गिठेपानीका १८ वर्षीय विशाल बुढालाई चैत १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको थियो । आरोपित बुढालाई गिरफ्तार गरिएको र उनीसँगै रहेका…
एकमहिनामै परिपूरण नीतिः आयोग
सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वपीडितहरूलाई दिइने परिपुरणको मापदण्ड एकमहिनाभित्रै तयार गरिने बताएका छन् । परिपुरण नीति निर्माणका लागि सुझाव सङ्कलन गर्न चैत २ गते आयोगको पाँच नम्बर प्रदेश मुकाम तुलसीपुर आइपुगेका आयुक्त सुवेदीले द्वन्द्वपीडित तथा मानव अधिकारकर्मीहरूसँग छलफल गर्दै पीडितकै चाहनाअनुसारको नीति निर्माण गर्ने प्रतिबद्धता जनाए ।…
कथित बोक्सीको आरोपमा महिला कुटिइन्
कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् । स्थानीय इन्द्रबहादुर भण्डारीको नेतृत्वमा गएका पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर र मनोज कवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय गढवामा…
यौन दुर्व्यवहार घटनाका ओरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई योन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय दाजुलाई प्रहरीले फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन १४ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा फागुन १४ गते…
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
राप्ती गाउँपालिका-२ सिसहनीया निवासी नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी ३९ वर्षीय यामलाल पुजारी, सोही ठाउँका दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष २९ वर्षीय सुरज परियार र तथा गढवा गाउँपालिका-४ निवासी सोही पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले फागुन ११ गते घोराहीबाट गिरफ्तार गरेको छ । घोराहीको तुलसीपुर चोकमा…
पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा भर्त्सना
समाचार सङ्कलनका लागि पुगेका जनता टेलिभिजनका दाङ सम्वाददाता दङ्गीशरण गाउँपालिका-२ का २५ वर्षीय गणेश आचार्यलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरका शाखा अधिकृत ४० वर्षीय नीमबहादुर वलीले माघ १८ गते दुर्व्यवहार गरेको पीडितले आरोप लगाए । अस्पतालमा योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत भएको विषयमा समाचार सङ्कलनका लागि गएका आचार्यलाई वलीले भिडियो खिच्न खोज्दा…
बन्दकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार
अस्थायी राजधानीको माग गर्दै दाङको लमहीमा भएको विरोध प्रदर्शनको रिपोटिङका लागि गएका घोराही उपमहानगरपालिका-१५ का ३७ वर्षीय फोटो पत्रकार कुलदीप न्यौपाने, नयाँ युगबोध दैनिकका सहसम्पादक ३५ वर्षीय नरेन्द्र केसी, जनउभार साप्ताहिकका कार्यकारी सम्पादक ३० वर्षीय डिल्ली मल्ल र खबर टोकरी डटकमका सम्पादक/प्रकाशक ३५ वर्षीय आजाद खड्कालाई आन्दोलनकारीहरूले दुर्व्यवहार गरेका छन्…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध छौः जनप्रतिनिधि
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम पुस २० गते घोराहीमा सम्पन्न गरिएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका साथै उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध रहेको…
पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ…
मगरबस्तीमा अवधि भाषाका प्रचार सामग्री पुगेपछि मतदाता अन्यौलमा
घोराही उपमनपा–४ सवारीकोटस्थित प्रावि सवारीकोटमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेपछि स्थानीय मतदाता अन्यौलमा परेका छन् । २ सय ५० घरधुरी रहेको मगर जातिको बस्तीमा मैथली भाषाको निर्वाचन प्रचार सामग्री पुगेको स्थानीय रविलाल घर्तीले बताए । उनले मगर बाहुल्यता रहेको बस्तीमा मैथली भाषाका मतदानकालागि प्रचार सामग्री ल्याउँदा आफूहरू अन्यौलमा परेको…