मानव वेचविखनमा संलग्न रहेको कसुरमा जनही दुई वर्षकैदको फैसला
मानव वेचविखनमा संलग्न रहेको कसुरमा दाङ जिल्ला अदालतले लालमटिया-३ भालुवाङका ३६ वर्षीय राजकुमार पुन र ४२ वर्षीया मनकला सुनारलाई जनही दुई वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर ९ गते दुवै जनालाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए । आर्थिक…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
४२ वर्षीया एक महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर नपा-१० भट्टेका ६० वर्षीय केवल खत्रीलाई पाँच वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले मङ्सिर ९ गते घटनामा दोषी ठहर गर्दै खत्रीलाई पाँच वर्षकैद तथा पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध भराउने फैसला सुनाएको अदालतका…
कारागारका थुनुवाद्वारा मुद्दा छिटो फैसला गर्न माग
दाङका कारागारमा रहेका कैदीबन्दीहरूले छिटो मुद्दा फैसला गर्न सरोकारवालासँग माग गरेका छन् । मङ्सिर ३ गते घोराही र तुलसीपुर कारागार अनुगमनमा पुगेका महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि मण्डलसँग कैदीबन्दीले यस्तो माग गरेका हुन् । कारागारमा रहेका कैदीबन्दीको अवस्था र उनीहरूमा कानुनी अड्चनबारे बुझन पुगेको सहन्यायाधिवक्ताहरू गिताप्रसाद तिम्सिना, खेमराज ज्ञवाली तथा महान्याधिवक्ता कार्यालयका…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैदको फैसला
धनौरी-१ चिलहरियाकी ६५ वर्षीया दिव्या चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा धनौरी-१ चिलहरियाका ३१ वर्षीय हरि चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर २ गते अभियोगमा दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार…
खाद्यवस्तुमा मिसावट गरी उपभोक्तालाई ठगेको कसुरमा नौ जनालाई कारबाही
घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्तालाई ठगी गरेको कसुरमा नौ जनालाई जनही २५ दिन कैद तथा २१/२१ हजार रुपियाँ जरिबाना गरिएको छ । तिहारको समयमा घोराहीको एक होटेलमा घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्ता ठगी गरेको आरोपमा रौतहट खेसरैराका ३६ वर्षीय गणेश साह, भारत…
यौन दुर्व्यवहार घटनामा दोषी ठहर बालकको सजाय स्थगित
सात वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका दोषी ठहर गरिएका १३ वर्षीय बालकलाई जिल्ला अदालत दाङले अभियोगमा दोषी ठहर गर्दै फैसला गरेको एक महिना कैद सजाय स्थगित गरेको जनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक २४ गते बालकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेपनि आरोपित नाबालक भएकोले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिसहनीया-७ भुल्केका ३६ वर्षीय धनबहादुर परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन सिसहनीया प्रहरी चौकीमा उजुरी दिएका थिए । 'घटना लगत्तै फरार रहेका आरोपितलाई एक वर्षपछि गिरफ्तार…
१२ जना बालश्रमिकको पुनर्स्थापना
जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित भएको र उनीहरूको ज्यान नै जोखिममा पर्नेगरी होटेल, ग्रील उद्योगलगायतका क्षेत्रमा काममा लगाइएको भन्दै नगरपालिकाले कार्यस्थलबाट…
बलात्कार प्रयास घटनाका दोषी चार वर्षपछि गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए । बलात्कारपछि…
बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
२५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही नपा-६ फुर्सेखालीका ३३ वर्षीय टेकबहादुर पुनलाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक ४ गते बलात्कार घटनामा दोषी ठहर गर्दै पुनलाई पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले…